धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इ रिक्सा इकाई कमिटी धरानले आफ्नो कार्यथलो (बसपार्क) सरसफाइ गरेकोछ ।
आफ्नो कार्यथलो सधै स्वच्छ र सफा राख्नुपर्छ भन्ने सन्देश दिन सफाई गर्ने गरेको हो ।
नेपालको पहिलो मजदुर आन्दोलन २००३ साल फागुन २१ गतेको सम्झनामा मजदुरहरु आफ्नो कार्यथलो सफाई गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिनु भयो । मजदुर आन्दोलन ७७ वर्ष पुरागरेको अवसरमा आज साझ साढे छ बजे धरानको लोकतान्त्रिक चौतारीको पार्किङस्थल आसपास सरसफाइ गरिएको हो ।
सवारी साधानमा काम गर्ने मजदुर, यातयात व्यवसायी, संगठनका प्रतिनीधिलगायतले सफाई कार्यक्रम गर्नु भएको थियो । कार्यक्रममा यातायात व्यवसायी राजमणी निरौला, नेपाल यातायात स्वतन्त्र मजदुर धरानका अध्यक्ष किरण थापा, संगठनका प्रदेश सदस्य दुर्गा खतिवडा, इ-रिक्लसा इकाई समितिका अध्यक्ष विनाेद नेपालीलगायतको उपस्थिति रहेको थियो ।