धरान  / नेपाली सेनाको राष्ट्रिय सेवा दलकाे  आयाेजनामा हुने राष्ट्रिय स्तरको  वक्तित्वकला प्रतियोगितामा धरानको आइडियल इङलिस बोर्डिङ स्कुलकी एक छात्रा पनि छनौटमा पर्नु भएको छ । 

फागुन १८ गते  नेपाली सेनाकाे स्थमपना दिवसकाे काठमाडौंमा हुने प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्रा प्रिया बोहोरा छनौटमा पर्नु भएको हो । उहाँसहित स्कुलका ३६ जना विद्यार्थीहरुले राष्ट्रिय सेवा दलको तालिम लिनु भएको थियो । उक्त  एक सय दिनको तालिममा उत्कृष्ट विद्यार्थीहरुलाई सहभागी गराएर काठमाडौंमा प्रतियोगिता गराउन लागेको विद्यालयका निर्देशक सागर खड्काले जानकारी दिनु भयो । बोहोरासँगे व्राइट फ्युचर सेकेण्डरी स्कुल काडमाडौकी नीतिका भण्डारी र एस.ओ.एस. हर्मण माइनर स्कुलकी आयुष्मा पौडेल पनि छनौटमा परेको कृष्ण दल गण इटहरी व्यारेकले जनाएको छ । प्रतियोगितामा सेवा दलमा आवद्ध भारत, बंगलादेश लगायतका देशहरुबाट भाग लिन आउने जनाइएको छ । 

आइडियल स्कुलले आज एक कार्यक्रमको आयोजना गरि बोहोरालाई विदाइ गरी त्यस तर्फ पठाएको छ ।  बोहोरा विद्यालयकी मेधावी छात्रा हुन स्थानीय स्तरमा हुने विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कार जित्दै आउनु भएको छ । उहाँको भाषा, शैली र प्रस्तुतीकरणले विद्यालयमा हुने तथा अन्य विद्यालयहरुमा हुने व्यक्तित्वकला प्रतियोगिता र भाषाणकला प्रतियोगितामा पुरस्कार जित्दैं आउनु भएको विद्यालयका सहप्रधानाध्यापक मनोज गुरुङले जानकारी दिनु भयो ।