धरान /  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहप्रवक्तामा प्रतिष्ठानको बालरोग विभागका बालरोग विशेषज्ञ तथा उपप्रध्यापक डा. अरुणकुमार सिंहलाई नियुक्त गरिएको छ । 

बुधबार कायममुकायम उपकुलपति प्राडा. प्रल्हाद कार्कीले दुई बर्षका लागि उहाँलाई नियुक्ती गर्नु भएको हो ।  

दन्तचिकित्सा तथा शिक्षक कल्याण समाजका अध्यक्षसमेत भइसक्नु भएका डा. सिंह लामो समलयदेखि प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । उहाँलाई प्रवक्ता र पदाधिकारीहरुको निर्देशन र सम्पर्क अनुसार कार्य गर्ने गरि सहप्रवक्ताको जिम्मेवार दिएको प्रतिष्ठानले जनाएको छ । यस अघि सहप्रबक्ताको रुपमा डा. चुरामणी पोखरेलले काम गदैं आउनु भएको थियो । उहाँको कार्य अवधी सकिए पछि सिंहलाई नियुक्ति गरिएको हो ।  यस अघि प्रवक्तामा डा. पारस पोखरेल नियुक्ति हुनु भएको थियो ।