धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको दावी गर्नु भएकाे छ ।

मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन गर्दै अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको दावी गर्नु भयाे ।

 देशको आर्थिक सृदृढिकरणमा नीजि क्षेत्रले पु¥याएको योगदान अतुलनीय रहेकाे मन्त्री किरातीले बताउनु भयाे ।

शुक्रबारबाट शुरु भई फागुन २३ गते सम्पन्न हुने सो एक्स्पोको उद्घाटनमा संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पाे बारे अवगत गराउदैं सुनसरीकाे उद्याेग व्यवसायमा भएकाे असर र प्रभावबारे जानकारी दिनु भयाे ।

नागरिकहरु यतिबेला आर्थिक समृद्धि, समतामूलक समाज निर्माण, रोजगारी र सुशासनको पर्खाइमा रहेका छन् । नागरिकहरुका असीमित चाहना एकै दिनमा पूरा गर्न कठिन भए पनि विकास निर्माणमा जुन द्रुतगति आवश्यक थियो, त्यसो नहुँदा जनतामा निराशा छाएको छ ।'-अध्यक्ष श्रेष्ठले भन्नू भयाे-'पछिल्लो समय देखिएको दक्ष युवा शक्तिको पलायन र नागरिकहरुको निराशालाई बेलैमा सम्बोधन गर्न नसकिए देश बृद्धहरुको बासस्थानमा बदलिने हो कि भन्ने चिन्ता थपिएको छ, । यसका लागि आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न तथा सुशासन कायम गराउनको निम्ति राजनीनिक नेतृत्व अलिकति बढी गम्भीर बन्नैपर्ने देखिएको छ ।'

उद्योग व्यवसाय र समग्र अर्थतन्त्र नै सुस्तता छाएकाले  आयोजनाबाट थोरै भएपनि उद्योग व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने आफुहरूकाे अपेक्षा  रहेकाे बताउनु भयाे । 'हाम्रा उद्यमी व्यवसायीमा उत्साह छैन । बजारमा माग घटेको छ । आफूले दिएको उधारो उठाउन सकेका छैनन् । बैंकबाट ऋण लिएर उद्योग व्यवसाय विस्तार गर्ने, नयाँ उद्योग व्यवसायको सिर्जना गर्ने कार्यमा निजी क्षेत्रमा त्रास रहेको छ ।'- उहाँले भन्नू भयाे-'निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगहरु अत्यन्त थोरै मात्रामा मात्र सञ्चालन गरी जेनतेन टिकिरहेको अवस्था छ ।' 

एक्स्पाेमा प्रदेश सभा सदस्य विजयकुमार राई, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, व्यापारिक प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सो एक्सोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेकाे बताइएकाे छ ।

एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल रहेका छन् ।