धरान /  धरान उपमहानगरपालिका वडा नं. १५ अन्तर्गत रहनुभएका जेष्ठ नागरिकहरुका लागि चौतारीको रुपमा वडा कार्यालयले जेष्ठ नागरिक सेवा मिलन केन्द्र स्थापना गरिएको छ । 

सोमबार वडा कार्यालय नजिक वडाध्यक्ष नरेसकुमार इवारामले एक कार्यक्रमको आयोजना गरि केन्द्रको उद्घाटन गर्नु भएको छ । जेष्ठ नागरिक मिलन केन्द्रसँगै महिला सिप केन्द्र पनि उद्घाटन गरिएको छ । वडा नं. १५ को सहकार्यमा वडाका महिलाहरुलाई सीप सिकाएर आत्म निर्भर बनाउने काम गरिएको छ । सिप केन्द्रमा वडाले १२ वटा सिलाई मेसिन खरिद गरिदिएको वडाध्यक्ष इवारामले जानकारी दिनु भयो । केन्द्रबाट दक्ष प्रशिक्षकहरुसमेत उत्पादन गरि अन्य पालिकाहरुमा तालिम दिन जाने गरेको वडाकी कार्यक्रम फोकल परसन  दिपिका कार्कीले जानकारी दिनु भयाे ।  

उक्त हलमा सिम सिक्न, कार्यक्रमहरु संचालन गर्न र जेष्ठ नागरिकहरु नियमित आएर मनोरञ्जन गर्ने, भजन किर्तन गर्ने, आफुमा भएका कलासिप प्रस्तुत गरि नयाँ पुस्तालाई हस्तान्तरण गर्ने वडाध्यक्ष इवारामले बताउनु भयो । जेष्ठ नागरिका लागि वडाले यो बर्ष एक लाख बजेट विनियोजन गरेको छ । 

संविधानले दिएको सबै अधिकार नागरिकले उपयोग गर्न पाउन भनेर उहाँले पाउने सेवा सुविधा र अधिकारबारे वडाबाट बेला बेलामा जानकारीअ गराइरहेको वडाध्यक्ष इवारामले बताउनु भयो । हाल रात्री वस पार्क भएको स्थानमा वस पार्क स्थानान्तरण भए पछि खुल्ला जिमखाना र बहुउद्देश्य कर्वडहल निर्माणका लागि पहल गरिने वडाध्यक्षले जानकारी दिनु भएको छ । 

उद्घाटन कार्यक्रममा स्वागत गदैं धरान उपमहानगर कार्यपालिका सदस्य सिर्जना नेपालले महिलाहरुको सिप विकास, क्षमता विकास र जेष्ठ नागरिकहरुका लागि मनोरञ्जन स्थलका रुपमा कार्यालय रहने बताउनु भयो ।  वडामा हातेमालाे उद्यमी महिला समुह, पञ्चेवजा महिला समुहले वडासँग सहकार्य गरेर काम गरिरहनु  भएकाे छ ।

नागरिक उन्मुक्ती पार्टी धरान नगर इञ्चार्ज देउमान लिम्बुुले १५ वडाले गरेको कामको प्रशंसा गदैं आलोचना गर्ने ठाउँ नभएको बताउनु भयो । सबैलाई समेटेर गएको छ । जनप्रतिनिधीहरुले राम्रै काम गर्नु भएको छ  । अध्यक्ष ज्युको नेतृत्वले राम्रो काम गरेको उहाँको भनाई छ ।  तर वडावासीको खवरदारी भने निरन्तर रहने उहाँले बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका वडाध्यक्ष ज्ञानेन्द्र बस्नेत, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुवास भुजेल, संघीय लिम्बुवाल परिषदका नगर अध्यक्ष मोहन लिम्बुुलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा नगर कार्यपालिका सदस्य दिनेश गजमेर, वडासदस्यहरु रंगलाल गिरी, रचना नेपाली, बादन भट्टराईलगायतको उपस्थिति रहेको थियो । जेष्ठ नागरिक सेवा मिलन केन्द्रकी अध्यक्ष आनन्दकुमारी धमला, सचिव रमेश गजमेरलगायत जेष्ठ नागरिक, महिला समुहको उपस्थिति रहेको थियो ।