धरान  / सुतार कार्की सेवा समिति सुनसरीले कोशी प्रदेशमा हालै नियुक्त हुनु भएका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीलाई सम्मान गरेको छ । 

शनिवार बराक्षेत्र नगरपालिकास्थित चतरामा रहेको सुतार कार्की प्रतिष्ठानको भवनमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । 

कुल बंशबाट प्रदेशको मन्त्रीजस्तो गरिमामय पदमा नियुक्त हुनु भएकाले उहाँलाई चतरा निमन्त्रणा गरेर सम्मान गरिएको सुतार कार्की सेवा समिति सुनसरीका पूर्व अध्यक्ष कुमार कार्कीले जानकारी दिनु भयो । 

सोही अवसरमा सुनसरी जिल्ला कार्यसमितिको बैठक पनि सम्पन्न गरिएको छ । सम्मान ग्रहण गदैं मन्त्री कार्कीले बन्दैं गरेको सुतार कार्की प्रतिष्ठानको भवनलाई पुरा गर्न आफुले सकेको सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा सुनसरी र उदयपुरबाट सुतार कार्की बन्दुहरुको सहभागीता रहेको थियो । सुनसरीको सकृयतामा चतराधाममा प्रतिष्ठान निर्माण भइरहेको छ । आर्थिक अभावले पुरा गर्न नसकिएको समितिले जनाएको छ ।