धरान धरान उपमहानगरपालिका वडा न. १५ कार्यालयले आफ्ना वडावासीहरुको स्वास्थ्य समस्या समाधान गर्न आयोजना गरेको ४ दिने स्वास्थ्य शिविरबाट सयौं वडावासी लाभान्वित भएका छन् ।

मुटु र र्मगौला समस्याबारे काम गदैं आएको केएचडिसी कार्यक्रमसँगको सहकार्यमा आयोजित शिविरमा उच्च रक्तचाप, मधुमेह,  मिर्गौला र कोलेस्टेरोलसम्बन्धी उपचार सेवा दिइएको थियो । 

शिविरमा शिविरमा ४ सयभन्दा बढीको रगत सङ्कलन गरिएको थियो । पाँचौं दिनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मिगौंला रोग विशेषज्ञ तथा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. सञ्जीवकुमार शर्माको नेतृत्वमा १० जना चिकित्सकले रिपोर्ट हेरेर थप परामर्श पनि दिनु भएको थियो । अति समस्या भएका विरामीहरुलाई प्रतिष्ठान रेफर गरिएको छ । 

वडाका ३९ वटा टोल विकास संस्थाका लगभग ७ हजार भन्दा बढीले सेवा लिएको वडाध्यक्ष नरेसकुमार इवारामले जानकारी दिनुभयो । वडाध्यक्ष  इवारमले भौतिक संरचना निर्माण मात्रै विकास नभई मानव विकास र स्वास्थ्य सुधार गर्ने कार्य पनि विकास भएको बताउदैं बर्षमा कम्तिमा पनि दुई पटक वडावासीहरुको स्वास्थ्य परीक्षण वडाले निशुल्क गर्ने बताउनु भयो । 

केएचडिसी विशेषगरी उच्च रक्तचाप, मधुमेह,मिर्गौला र कालेस्टेरोल रोगबा हुने जोखिमबाट जोगाउन प्राडा. शर्माको नेतृत्वमा सुरु केएचडिसी कार्यक्रमले धरानलाई निकै लाभा पुर्याएको बताइएको छ ।