धरान । धरान १४ स्थित विजयपुरमा रहेकाे आइडियन इङ्लिस बाेर्डिङ स्कुलले बालबालिकाहरूकाे स्वस्थ्यलाई मध्य नजर गरेर विद्यालयमा बृहत् स्वास्थ्य शिविर आयाेजना गर्ने भएकाे छ ।

शनिवार विहान १० बजेदेखि विद्यालय प्राङगणमा निशुल्क स्वास्थ्य शिविर गर्ने भएकाे हाे । शिविरमा धरानस्थित विपी काेइराला स्वास्थ्य प्रतिष्ठानकाे बालराेग विभागमा कार्यरत बालराेग विशेषज्ञ डा. अरूणकुमार सिंहले बालबालिकाहरूकाे स्वास्थ्य परीक्षण गर्नु हुने विद्यालयका निर्देशक सागर खड्काले जानकारी दिनु भयाे ।

शिविरका लागि १४ नं वडाकाे प्राविधिक सहयाेग रहने  बताइएकाे छ । शिविरमा सिटामाेल, जुकाकाे आैषधी, झाडापखालालगायतका आैषधीहरू पनि निशुल्क उपलब्ध गराइने विद्यालयले जनाएकाे छ ।

चिकित्सकहरूसँग सहकार्य गरेर अगावी दिनेमा विद्यालय मै नियमित स्वास्थ्य जाँचकाे व्यवस्था मिलाइने विद्यालयका सहायक प्रधानध्यापक मनाेज गुरूङले जानकारी दिनु भयाे ।