धरान । सरस्वती पूजाको अवसर पारेर धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस तथा ट्रेनिङ सेन्टरले शैक्षिक सामग्री वितरण गरेको छ ।

बुधबार मन्टेश्वरीले सरस्वती पुजामा समुदायमा आधारित स्थानीय प्रगति बाल विकाश केन्द्रलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

 मन्टेश्वरीकी संचालिका ओमु कुमारी राई केन्द्रले सामग्री हस्तान्तरण गर्नु भयाे । मन्टेश्वरीले पेन्सिल, क्राउन, इरेजर, ब्लाङ कपिलगायतका शैक्षिक सामग्री प्रदान गरेकाे राईले जानकारी दिनु भयाे ।

मन्टेश्वरीले सरस्वती पुजाकै अवसर पारेर अक्षर शुभारम्भ कार्यक्रम समेत गरेको छ । साना साना बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अध्यापन गराउँनुका साथै चिकित्सकीय सेवाको समेत व्यवस्था गरेको उहाँले बताउनु भयाे ।