धरान 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एनेस्थेसिया तथा क्रिटिकल केयर विभागका विशेषज्ञ चिकित्सक प्राडा सत्यन्द्र नारायण सिंहको असामायिक निधन भएको छ । 

विभागीय प्रमुखसमेत भइसक्नुभएका प्राडा. सिंहको दुई दिन अघि मृत्यु भएको हो ।  केही महिनाअघि टाउको दुख्न थालेपछि थप जाँच गराउदा ब्रेन ट्युमर देखिएको थियो । उहाँले भारतको नयाँ दिल्लीमा अप्रेसन गरेर आउनुभएको थियो । गत हप्ता उहाँँको स्वास्थ्यस्थिति बिग्रदै गएपछी प्रतिष्ठान कै आइसियुमा भर्ना हुनु भएको थियो । 

सप्तरीको कञ्चनरुप नगरपालिका घर हुनुभएका प्राडा सिंह लामोसयमदेखि प्रतिष्ठानमा कार्यरत रहनुभएको थियो । उहाँको निधनमा नेपाल चिकित्सक संघ धरानले दुख व्यक्त गरेको छ । संघका अध्यक्ष डा. रोसन कलवारले एक शोक बक्तप्व्य जारी गरि दुख व्यक्त गर्नु भएको छ । उहाँको निधनले प्रतिष्ठानलाई अपुरणीय क्षेति भएको जनाउनु भएको छ । 

भारतबाट एमडी गरेर उहाँ प्रतिष्ठानको स्थापना कालदेखि सेवारत रहनुभएको थियो ।