इटहरी  / प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सुनसरीले सञ्चार क्षेत्रका वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा अन्तर्क्रिया आयोजना गरेर मनाएको छ ।

अन्तर्क्रियामा मिडिया उद्योगको अवस्था र चुनौती, श्रमजीवी पत्रकारको अवस्था, स्वरोजगार मिडिया र अनौपचारिक मिडियाको सूचनामा प्रभाव र आमजनमानसको विश्वसनीयता र मिडियामा देखिएको सङ्कटबारे छलफल गरिएको थियो ।

वर्तमान अवस्थामा मिडियाका चुनौती र सम्भावनाका विषयमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सचिवसमेत रहनुभएका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले कार्यपत्रमा मिडिया धरासायी हुँदै गएको तथ्य प्रस्तुत गदैं मिडिया सङ्कट, चुनौती र सम्भावना विषय अवगत गराउनु भयो । ८० प्रतिशत मिडिया सङ्कटमा रहेको र धेरै पत्रकारले जागिर गुमाएको तथ्य प्रस्तुत गर्नु भयो । मिडियामा विश्वासको संकट र वित्तीय संकटले धरासायी बनेको भन्दैं मिडियलाई मजबुद बनाउन राजनीतिक दल, नागरिक समाज, मिडिाय सञ्चालक आफै जिम्मृवार हुनुपर्ने कुरा औल्याउनु भएको थियो ।  

उहाँले यति बेला व्यवस्थाव विरुद्ध नै आवाज उठनु राजनीतिक दलहरुको कमिकमजोरी औल्याउदैं व्यवस्था बचाउन मिडियाको भूमुका अहव हुने बताउनुभएको छ । मिडिया हाउस जिवित राख्न राजनीतिक दलहरुको पनि भूमिका आवश्यक भएको उल्लेख गदैं लोकतन्त्र र अहिलेको व्यवस्था बचाउन राजनीतिक दलहरु मात्र काफी होइनन । नेपाली सञ्चार जगतको सहयोग विना जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र बचाई राख्न मिडिया प्रवर्धनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । 

अन्तर्क्रियामा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईले अनौपचारिक सूचनाका माध्यमका कारण मूल धारका मिडिया खुम्चनु परेको बताउनु भयो । वर्तमान युग कृत्रिम बौद्धिकता (एआई) को चरणमा प्रवेश गरिसकेकाले मिडियाले नयाँ प्रविधिको आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यपत्रमाथि टिप्पणी गर्दै प्रेस चौतारी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज विक्रम लुइँटेलले मिडियामा देखिएको सङ्कटमा पत्रकार स्वयम् पनि जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनु भयो ।  

अन्तर्क्रियामा प्रस्तुत कार्यपत्रमाथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन सुनसरी अध्यक्ष ध्रुव ढकाललगायतले टिप्पणी गर्नु भएको थियो ।  अन्तर्क्रियामा प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रविधि र समयको बदलावअनुसार मिडिया क्षेत्रमा रुपान्तरणको आवश्यक्ता औंल्याउनुभयो । तीनै तहका सरकारले समानुपातिक विज्ञापन नीति लागू गरे  मिडिया स्थायित्वको आधार तयार हुने उहाँले बताउनु भएको थियो । 

एमाले कोशी प्रदेश प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले डिजिटल मिडियाको अवधारणामा मिडिया हाउस अघि बढ्नुपर्ने धारणा राख्नुभयो । एमाले कोशी प्रदेशका सचेतक तथा सांसद रेवतीरमण भण्डारीलगायतले आफ्नो धारणा राख्नु भएको थियो । चौतारीले आयोजना गरेको अन्तर्क्रियासँगै वनभोज कार्यक्रममा पेशागत संघसंगठन र सामाजिक, राजनीतिक संगठनका व्यक्तित्वहरुलाई आमन्त्रण गरेको थियो ।

आमन्त्रित अतिथिलाई स्थापना दिवसको अवसरमा वनभोज कार्यक्रम राखेर शुभकामना आदानप्रदान गरेको अध्यक्ष शुभद्रा प्याकुरेलले बताउनु भयो ।  अन्तर्क्रिया तथा वनभोज कार्यक्रममा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, मन्जु भण्डारी, एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी प्रदेश सांसद विजय राई, मीना श्रेष्ठ, अग्रज पत्रकार कृष्णविनोद लम्साल, प्रेस चौतारी केन्द्रीय सदस्य सन्तोष काफ्ले, अनुशासन विभाग सदस्य त्रिलोचन पौडेल, विज्ञापन बोर्डका सदस्य पवन अधिकारी, पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णविनोद लम्साल, राजेश विद्रोही, प्रेस युनियन, प्रेस सेन्टरलगायतका पत्रकारको आतिथ्य रहेको थियो भने चौतारीका प्रदेश, जिल्ला र नगर कमिटीमा अवद्ध सन्चारकर्मीको उपस्थिति रहेको थियो । 

debendra