धरान /  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्राडा. प्रह्लाद कार्कीले शिक्षकहरूलाई पठन–पाठन सुचारु गरेर सहयोग गर्न आग्रह गर्नु भएको छ  । 

आइतबार कामु उपकुलपति कार्कीले एक अपिल जारी गरेर प्रतिष्ठानका शिक्षक कर्मचारीलाई काममा फर्कन आग्रह गर्नु भएको हो । प्रतिष्ठानको वर्तमान अवस्थाप्रति आफुहरु गम्भीर र दुःखित भएको अपिलमा उल्लेख गरिएको छ । ह

पदोन्नतिको विषय हाल उच्च अदालत विराटनगरमा विचाराधीन रहेको हुँदा सम्मानित अदालतको आदेश नै सम्पूर्ण प्रतिष्ठान परिवारलाई बाध्यकारी मार्गनिर्देशन भएको उल्लेख गदैं प्रतिष्ठानका विद्यार्थीहरूको पठन–पाठन सुचारु हुन नसक्नु दुर्भाग्यपूर्ण हो र तत्काल पठन–पाठन सुचारुको लागि उहाँले सबैसँग आग्रह गर्नु भएको छ । शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजसँग निरन्तर औपचारिक एवम् अनौपचारिक संवाद भइरहेको पनि प्राडा कार्कीले बताउनु भएको छ । 

पठन–पाठन सुचारु गर्ने वातावरण बनाउन आफूहरूले निरन्तर प्रयास गरिरहेको अपिल पत्रमा जनाइएको छ । गतवर्ष पुस २० गते प्रकाशित शिक्षक कर्मचारीको आन्तरिक बढुवा प्रक्रियाका सम्बन्धमा उठेका सवालहरूको वैधानिक निकास निकाल्न सञ्चालक परिषद्मा प्रस्तावको रूपमा लगेर प्रतिष्ठानको नियमको अंश बनाई बढुवा प्रक्रिया सुचारु गर्ने अपिल पत्रमा उल्लेख गरिएको छ । ‘पटक–पटक प्रतिबद्धता र असल नियतले प्रतिष्ठान परिवारलाई सम्झाउने हाम्रो प्रयास जारी छ’–विज्ञप्तिमा भनिएको छ ।

प्रतिष्ठानका शिक्षक कर्मचारीको बढुवालगायतका महत्त्वपूर्ण विषयहरूमा निर्णय गर्न यही माघ २९ मा सञ्चालक परिषद्को बैठक आह्वान भइसकेको अवस्थामा पठन–पाठन सुचारु गरिदिन प्रतिष्ठानका सम्पूर्ण शिक्षकहरूलाई प्रा।डा। कार्कीले अनुरोध गर्नु भएको हो । । विषम परिस्थितिको वैधानिक समाधान खोज्न र विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिष्ठान व्यवस्थापन लागिपरेको उल्लेख गरिएको छ । 

शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको समन्वयमा प्रतिष्ठानको व्यवस्थापन पक्ष र आन्दोलनरत पक्षबीच सहमति नजिक पúे पनि लिखित सम्झौता हुन सकेन । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार उपकुलपति प्राडा। कार्की सहमत भए पनि  आन्दोलनरत पक्ष्। थोरै कुरामा सहमति नजुटेकाले हस्ताक्षर हुन नसकेको बताउनु भएको छ ।  

लामो समयदेखि आन्तरिक बढुवा नभएको भन्दैं शिक्षक कर्मचारी आन्दोलनमा निस्किए पछि स्वास्थ्य उपचार र पढाई प्रभावित हुदैं आएको छ ।