धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीको नियुक्ती बदरकाे मुद्धामा आन्तरिम आदेश जारी भएन ।

कार्कीको नियुक्ती कानुनसम्मत नभएको दाबी गर्दे धरानका सुमन श्रेष्ठले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराउनु भएकाे थियाे । उक्त रिट निवेदनमा अन्तरिम आदेश जारी गर्नेबारे शुक्रबार दुवै पक्षको वहस सुनुवाई पश्चात न्यायधिश राजेन्द्र अधिकारी र केशव प्रसाद बास्तोलाको संयुक्त इजलाशले कार्कीको का.मु.उपकुलपति नियुक्त विरुद्ध अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

उच्च अदालतको यो आदेशसँगै प्रतिष्ठानमा का.मु.कार्कीलाई कानुनी रुपमा नै काम गर्ने बाटो खुलेको छ। उहाँकाे नियुक्तिलाई सदर गरेकाे छ ।

बढुवा प्रक्रिया सुचारु हुनुपर्ने माग गरेर आन्दोलनरत शिक्षक, कर्मचारीहरुले डा.कार्कीको का.मु.उपकुलपति नियुक्तीमाथि नै प्रश्न उठाउदै आएका थिए ।