धरान / हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोट्स मिट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ ।

वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो ।

हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो ।

छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए ।

विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र वीरेन्द्र मेमोरीयल कलेजका प्रिन्स्पिल तारा बहादुर निरौला तथा धरान उच्चका अध्यक्ष शिवनारायण साह लगायतले खदा मालाले सम्मान गर्नु भयाे ।

धरान उच्चका पिन्सिपल हेमचन्द्र अधिकारीले विजेता विद्यार्थीहरुलाई वधाई दिदै खेलक्षेत्रको भविष्यको कामना व्यक्त गर्नु भयाे ।

खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि सम्मान कार्यक्रमको आयोजना गरीएको प्रिन्सिपल अधिकारीले वताउनुभयो ।