धरान /  र्याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको धरान उपमहानगर व्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको मङ्गलबार भएको अन्तिम प्रतिष्पर्धामा धरान मेघा हिमालयनका सम्पन्न सुवेदीले प्रथम स्थान हासिल गर्नु भएको छ ।

         यु.एन. नबोदयकी स्नेहा निरौला दोश्रो हुनुभयो भने ज्ञानोदय मा.वि.की अनिशा कार्की तेश्रो हुनुभएको छ । यसैगरी शारदा बालिका नमुना मा.वि.की अनुस्का राई  र यु.एन. नबोदयकै शितल अधिकारी क्रमशः चौथो र पाचौ भई सान्त्वना पुरस्कार प्राप्त  गर्नु भयो । 

पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः नगद १० हजार, ५ हजार, ३ हजार र प्रमाण पत्र प्राप्त गर्नु भएको छ । 

सहभागीहरुले सहिदका सपना र युवाको दायित्व, सहिदका सपना र राजनीतिक नेतृत्व र लागू औषध दुर्ब्यसनः चुनौती र समाधानका उपाय गरि तीन वटा शिर्षकमा आफ्ना विचार व्यक्त गरेका थिए । 

 बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका सदस्य रमेशकुमार बस्नेत, धरान १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले,असुमेधा एजुकेसन नेट्वर्क प्रा.लि.का प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे, हार्ट एफ.एम.का अध्यक्ष मेहरमान ह्युजलगायतले नगद  पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । 

    कार्यक्रममा धरान १३ का वडा अध्यक्ष काफ्ले, धरान १४अका वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, यु.एन. नबोदय कलेजका अध्यापक राम लिम्बूलगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा एम्स एकेडेमीका कोअर्डिनेटर दुर्गा सुवेदी, ब्लाष्ट टाईम्स दैनिकका सम्पादक गोपाल दाहाल, पत्रकार महासङ्घ सुनसरीका सहसचिव भोला श्रेष्ठ, पारामाउन्ट इन्टरनेसनलका प्रबन्ध निर्देसक भिम लिङ्थेपलगायतको उपस्थिति थियो। 

  प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेश बिद्रोही र सहिद मा.वि. धरानका शिक्षक टंक भट्टराई रहनु भएको थियो ।

     विद्यार्थीहरुको आत्माविश्वासमा जागरण ल्याई नेतृत्व  र ब्यक्तित्व बिकास गराउने प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तीर्थ कार्कीले जानकारी दिनु भयो ।  कार्यक्रम प्रा.लि.का निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको थियो। गत माघ ६ गते भएको पहिलो चरणको प्रतियोगितामा धरान भरिका १९ वटा प्लस टु का २९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए। माघ १० गते भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा छानिएका थिए ।