धरान  / नेकपा एमाले धरान उपमहानगर कमिटीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानलाई सिंहदरबारबाट प्रधानमनत्री र स्वास्थ्य मनत्रीले बन्धक बनाएको ठहर गरेको छ ।

विपी प्रतिष्ठानको समस्या समाधान गर्न नसक्ने भए सहकुलपतिसमेत रहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्न पार्टीले सुझाएको छ । 

लामो समयदेखि प्रतिष्ठानमा चिकित्सक, शिक्षक, कर्मचारीहरुले आनतरिक बढुवाको विषयलाई लिए आन्दोलन गर्दा प्रतिष्ठानको स्वास्थ्य तथा शैक्षिक सेवा प्रभावित भए पछि पार्टीले मंगलबार विज्ञप्ति जारी गदैं सरकारलाई खवरदारी गरेको हो । 

देशका प्रधानमनत्रीसमेत रहनु भएका कुलपति दाहाल र स्वास्थ्य मन्त्रीसमेत रहनु भएका सहकुलपति बस्नेतले विपी प्रतिष्ठानलाई सधै दुहुनो गाई बनाएर भजाईरहने तर यहाँ उत्पन्न समस्या समाधानमा पहल कदमी नगरेको पार्टीले  जनाएको छ । ‘विपी प्रतिष्ठानको समस्या समाधान गर्न नसक्ने भए सहकुलपतीसमेत रहेका स्वास्थ्यमन्त्री र कुलपतिसमेत रहेका प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने हाम्रो ठम्याई छ ।’–विज्ञप्तिमा भनिएको छ –‘साथै प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारी विद्यार्थीलाई प्रतिष्ठानको उपचार सेवा तथा शैक्षिक कार्यक्रमहरुलाई सहजताका साथ सञ्चालन गर्न र स्वास्थ्य उपचार पाउने नागरिकको मौलिकहकको सम्मान गर्न अनुरोध गर्दछौं ।’

पछिल्लो समय प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री, सहकुलपती समेत रहेको नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य मन्त्री ,नेपाली कांग्रेस निकटकै कामु उपकुलपति नेपाली कांग्रेसकै कार्यकर्ता समेत रहेका  रजिष्ट्रारको कार्यशैली र सत्तारुढ पार्टीका जिम्मेवार नेताहरुको गैरजिम्मेवार गतिविधिले प्रतिष्ठान अन्यत्र सार्ने खेल त हैन भन्ने आशंका पैदा हुन थालेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिष्ठानको नेतृत्व गरिरहेका पदाधिकारीहरुको असक्षमता र गलत मनसायका कारण प्रतिष्ठानमा अस्तब्यस्ततासँगै उपचार सेवा प्रभावित भएको पार्टीले जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ –‘साथै प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारी विद्यार्थीलाई प्रतिष्ठानको उपचार सेवा तथा शैक्षिक कार्यक्रमहरुलाई सहजताका साथ सञ्चालन गर्न र स्वास्थ्य उपचार पाउने नागरिकको मौलिकहकको सम्मान गर्न अनुरोध गर्दछौं ।’

विगत १५ बर्षदेखि प्रतिष्ठानका शिक्षक कर्मचारीको आन्तरिक बृत्ति विकास, बढुवा रोकिएको र विद्यार्थीहरुलाई दिक्षित गनेृ कामसमेत लामो समयदेखि रोकिनु विडम्बना भएको कमिटीले मंगलबार विज्ञप्ति जारी गरि जनाएको हो ।  

‘प्रतिष्ठानको अस्पताल सेवा,सेवा प्रबाह, शैक्षिक कार्यक्रम, अनुसन्धानजस्ता महत्वपुर्ण कार्यहरु प्रभाबकारी हुन सकेका छैनन् । उपचार सेवा, शैक्षिक कार्यक्रम, अनुसन्धान तथा फेलोसिपजस्ता पक्षहरुको गुणस्तरसमेत खस्कदै गएको हाम्रो बुझाई छ ।’– विज्ञप्तिमा भनिएको छ –‘प्रतिष्ठानको नियमावली अनुसार नियमित हुनुपर्ने कार्यहरु गर्न प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरु आन्दोलित हुनुपर्ने आफैमा विडम्बना हो । प्रतिष्ठानको नियमावली बमोजिम शिक्षक, कर्मचारी तथा विद्यार्थीका मागहरु तत्काल सम्बोधन गर्न समेत नेकपा एमाले धरान जोडदार माग गर्दछ ।’

एमाले जिम्मेवार जवाफदेही पार्टी भएका कारण प्रतिष्ठानको विषयमा पटक पटक सर्वदलिय प्रतिनिधिहरु सहभागि भएर यसको विकास, समस्याहरुको निराकरण जस्ता विषयमा केन्द्रिय सरकारसँग डेलिकेशन गएको समेत स्मरण पार्टीले स्मरण गराएको छ । विपी प्रतिष्ठान बचाउने, विकास गर्ने र यसलाई अलग्गै विश्वविद्यालय बनाउने पार्टीले माग समेत गरेको छ । 

प्रष्ठिानलाई सिंहदरबारबाट बन्धक नबनाउन आग्रह गदैं यही माघ २२ गते भित्र प्रतिष्ठानको समस्या समाधान नभए नेकपा एमाले सडक र सदनमा समेत यस विषयमा आन्दोलन सुरु गर्ने र सिंहदरबार केन्द्रित आन्दोलन सुरु गर्ने पार्टीका उपमहानगर अध्यक्ष हर्कजंग एभेङले चेतावनी दिनु भएको छ । 

bpkish