धरान । नेपाली जनता सडक दुर्घटनाको जोखिममा रहेको र हामी कुनैपनि समय सडक दुर्घटनाको समाचार बन्ने अवस्था रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभएको छ । 

शनिवार धरानमा भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानको १५ औँ अधिवेशन उद्घाटन समारोहमा सडक सुरक्षा, चासो र हाम्रो भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष राईले नेपालमा सडक दुर्घटना महामारी झै बढिरहेको बताउनु भएकोछ । 

देशमा भइरहेको सडक दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै प्रत्येक दिन सरदर ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको र ४० जना नेपाली सडक दुर्घटनामा परेर घाइते हुनेगरेको बताउनु भयो । 

majdur1

जनयुद्धताका दश वर्षमा १७ हजारको ज्यान जाँदा देशले संकटकालको सामना गर्नु परेको स्मरण गर्नुहुँदै अहिले भइरहेको सडक दुर्घटनाको दरलाई हेर्ने हो भने दशवर्षमा २८ हजार ८ सयले ज्यान गुमाउने गरेको बताउनुहुँदै जनयुद्धभन्दा सडक दुर्घटना भयानक र ठूलो संकट रहेको राईको कथन थियो ।  

प्रमुख अतिथि राईले सडक दुर्घटनाका मूल कारण भौतिक, मानविय, यान्त्रीक र पर्यावरणीय रहेको जनाउनुहुँदै सडक प्रयोगकर्ता सबैमा सचेतना फैलाउन सकिएको खण्डमा मानविय कारणबाट हुने धेरै सडक दुर्घटनाहरु न्युनिकरण गर्न सकिने बताउनुभयो । 

भीमज्वाला राईले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुवास केसीले सुझाव प्रस्तुत गर्नुभएको थियो । 

वहाँले भन्नुभयो, सबैले मिरेर साइलेन्ट किलरका रुपमा प्रकट भएको सडक दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताउनुभयो । 

कोशी बस व्यवसायी तथा यात्रु सेवा प्रालीका अध्यक्ष कृष्ण सुवेदी, इलाका प्रहरी कार्याल धरानका डिएसपी नवराज मल्ल, अधिवक्त पदमप्रसाद इस्वो लगायतले कार्यपत्रमा सुझाव दिनु भएको थियो । 

किरण थापाको अध्यक्षमा  नयाँ नेतृत्व चयन 

Untitled-4१५ औँ अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ । किरण थापाको अध्यक्षमा आगामी २ वर्षका लागि २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा विक्रम प्रधान, सचिवमा बलबहादुर लिम्बू, सहसचिवमा बालकृष्ण बुढाथोकी र कोषाध्यक्षमा हरी खतिवडा चयन हुनुभएकोछ । 

कमिटीको सदस्यहरुमा कुबिर श्रेष्ठ, जीवन ठटाल, मनोज श्रेष्ठ, सन्तोष बस्नेत, शिवबहादुर तामाङ, दिपक कार्की, चेतबहादुर दाहाल, लेखराज दाहाल, अमित मेन्याङ्बो चयन हुनुभएकोछ । 

त्यस्तै अन्य सदस्यहरुमा विनोद राई, सुमेश बोहरा, लीलाबहादुर तोलाङ्गे, श्रीहाङ लिम्बू, दिपेन खड्का, विक्रम खड्का र रमेश सापकोटा चयन हुनुभएकोछ । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, रमेशकुमार बस्नेत, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष विष्णु लामा, महासचिव केशव थापा, कोशी प्रदेश अध्यक्ष गौरी लामा, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा लगायतको उपस्थिति रहेको थियो । 

संगठनका धरान अध्यक्ष कमल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विकेश श्रेष्ठले गर्नुभएको थियो । 

अनुशासित चालकलाई सम्मान

सोही अवसरमा संगठनले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ चालक तथा अन्य मजदुरहरुलाई सम्मान गरेकोछ । सम्मानित हुनेहरुमा लामो समयदेखि चालक पेशामा रहेर सडक दुर्घटना नगर्ने चालकहरु उपेन्द्र कार्की, सहदेव सतार, प्रदिप श्रेष्ठ, राजेन्द्र धिमाल, घुरनलाल चौधरी, रुद्र तामाङ, सहचालक राजकुमार कर्ण, बुकिङ बालकुष्ण बुढाथोकी र रिक्सा चालक जीवन खड्कालाई सम्मान गरिएको हो ।  

संगठनका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले सम्मान पत्र र नगद १ हजार १ सय सहित सम्मान गर्नु भएको थियो ।

bhim