धरान / पूर्वको पर्यटकीय स्थल धरानमा प्याराग्लाइडिङ स्कुल संचालनका लागि संभाव्यता अध्ययन शुरु गरेको छ । पछिल्लो समय प्याराग्लाइडिङ गर्न धरानको भेडेटार उत्कृष्ट गन्तव्य भए पछि पाईलट उत्पादनका लागि स्कुल खोल्न लागिएको हो । कूल संचालनका लागि उपयुक्त जग्गा खोज्न राष्टिूय खेलकुद परिषद्ले ९ लाख ५० हजार बजेट छुटाए पछि स्कुल संचालनका लागि संभाव्यता अध्ययन गर्न लागिएको नेपाल प्याराग्लाइडिङ संघ सुनसरीका अध्यक्ष रोशन अधिकारीले जानकारी दिए ।
४ बर्ष अघि उनकै सकृयतामा धरान स्काई एडभेन्चर प्रालि संचालन गरि पोखराबाट पाईलट ल्याई उडान गर्दै आएका अधिकारीको संकृयतामा पाईलट उत्पादनका लागि विद्यलाय स्थापना गर्न लागिएको हो ।
उनका अनुसार स्कुलका लागि उदयपुरको मैनामैनी, चतरा, सुसनरीको विष्णुपादुका, धरानदेखि उत्तरमा रहेका देविथान, दानावारी, सतिशालेलगायतका स्थानमा अध्ययन गरिने छ । संघमा छलफल गरि काम अगाडी बढाइएको उनले बताए ।
विष्णुपादुको माछामारा र भेडेटारको छोटी मोरङबाट २ बर्ष अघिदेखि रोशन र बुढासुब्वा एडभान्चर प्रालीका लेखराज जीमिले उडान गदै आएका छन् । ‘उडान गर्न पर्यटकहरु ऋाउने गर्छन तर स्थायी पाईटल नहुदा उनीहरुले भनेको समयमा उडान गर्न सकिएको छैन् ।’( अधिकारीले भने(‘स्थानीय पाईलट भए जुनसुकै बेला उडान भर्न सकिन्छ । खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले पाराग्लाइडिङलाई पनि खेल क्षेत्रमा समावेस गरि पुर्वमा यसको विकासका लागि बजेट विनियोजन गरेका हुन ।
पाईलट अभाव
नेपालमा २ सय पाइलट भए पनि सबै पोखरामा केन्द्रित छन् । अधिकारीले एक जना पाईलट भने राखेका छन् । तर उक जनाले चाप थाम्न नसेकेको उनको भनाई छ । एउटा फ्लाईट गरेको पाईलटले ३५ सय लिनु गरेका छन् । मासिक तलव दिएर धेरै पाईलट राख्न असम्भव भएकाले स्थानीय पाईलट भए, जुन बेला पनि उपयोग गर्न सकिने उनको भनाई छ ।
पूर्वमा सोलो(सिङगल) उडान गराउनका लागि ६ जनासँग लाईसेन्स छ । धरानका राजेश लिम्बु,रोशन अधिकारी, लेखराज जीमि, शालिग्राम खड्का र राम राईसँग लाईसेन्स छ । तर उनीहरुलाई टेन्डम(डव्वल) उडानका लागि अनुमति र अनुभव छैन । पूर्वमा पनि विद्यालय भए पाईलट उत्पादन गरि बढि भन्दा बढि उडान गर्न सकिने भएर विद्यालयका लागि संभाव्यता अध्ययन शुरु गरिएको संघ अध्यक्ष अधिकारीले बताए ।
नेपालमा कहाँ छन् स्कुल
सोलो लाईसेन्स लिए पछि टेन्डम गर्न एक बर्ष एसआईसी(पाराफाई) फाल्न अभ्यास गर्नु पर्दछ । त्यसको छ महिना पछि टेन्डमको छुटटै कोर्ष गर्नु पर्दछ । १८ महिने कोर्ष नेपालको पोखरामा ब्लु स्काई र वालिगमा बाबु एडभान्च्युरले गर्दै आएको छ ।
४ बर्षदेखि धरानको आकाशमा प्याराग्लाइडिङ
पर्यटन व्यवसायकका लागि स्थापित निजी क्षेत्रको दुुई कम्पनीले मनोरञ्जनात्मक पााराग्लाडिङ वायुसेवा सञ्चालन गर्ने आधिकारिक इजाजत पाएपछि धरानको आकाशमा नियमित उडान सञ्चालन हुदै आएको छ । एक बर्ष अघि दर्ता भएको धरान स्काई एडभेन्चर पााराग्लाइडिङ प्रालिले संस्कृति पर्यटन तथा नागरिक उययन मन्त्रालयको हवाई उद्योग महाशाखाबाट इजाजत लिएर उडान शुरु गरेको छ ।
यसको सञ्चालन धरान १ नंं वडाका वडा अध्यक्ष समेत रहेका रोशन अधिकारीले गरेका छन् । उनि धरानमा प्याराग्लाइडिङको सम्भव्यता अध्ययनका लागि २०६९ मा पोखराबाट पाइलटसहित २ वटा टेन्डम, ३ वटा सोलो प्यारा ल्याएर आफैं पनि टेन्डममा उडेका थिए । उक्त सफल परीक्षण उडानपछि उनी यसलाई व्यावसायिक बनाउन अघि बढेका हुन् । कम्पनीले ६ वटा टेन्डम उडान गर्ने इजाजत पाएको छ ।
यसअघि २०६७ मा धरान नगरपालिका बनेको ५० औं वर्षमा आयोजित स्वर्ण महोत्सवमा दर्जनभन्दा बढी प्याराग्लाइडिङले सफल उडान भरेका थिए । त्यसै बेलादेखि यहाँको पर्यटन विकासका लागि पोखराकै कम्पनीबाट व्यावसायिक उडान सञ्चालन गर्ने पहल भए पनि धरानका लागि कसैले इजाजत लिएर आएनन् ।
धरानमा पहिलोपटक व्यावसायिक उडान गर्ने स्काई एडभेन्चर पूर्वाञ्चलमा प्याराग्लाइडिङको पहिलो कम्पनी हो । रोशन अधिकारी र निर्मल आचार्य सञ्चालक रहेको कम्पनीले पूर्वाधारका रूपमा भेडेटार निकट धरान २० स्थित छोटी मोरङको देवीथान डाँडाको ३ कट्ठा जग्गा उडानस्थलका लागि २ वर्षे लिजमा लिएको छ । अवतरणस्थलको विकास गर्न कम्पनीलाई धरान उपमहानगरपालिकाले धरान १६ नौलो बस्तीस्थित ऐलानी खाली जमिन निःशुल्क प्रदान गरेको छ ।
उडान सञ्चालन गर्दा नजिकको विमानस्थलसँग सञ्चार सम्पर्कमा रहनुपर्ने नागरिक उययन मनत्रालयको सिफारिसअनुसार कम्पनीले विराटनगर विमानस्थल कार्यालयसँग समन्वय गरी कन्टूोल टावरसँग सम्पर्कमा रहने प्राविधिक व्यवस्था मिलाइसकेको छ । भीएचएफ १२३ दशमलव ६ मेगाहर्जको सञ्चार उपकरण ल्याइसकिएको छ । कम्पनीको कार्यालय लक्ष्मी सडक धरान ४ मा स्थापना गरिएको छ ।
प्याराग्लाइडिङको व्यावसायिक उडान धरानको पर्यटन विकासमा नयाँ फड्को हो । यसले पूर्वका पर्यटन क्षेत्रको केन्द्रका रूपमा धरानलाई विकास गर्ने आधर तयार गर्ने छ । धरानमा आएका पर्यटकलाई कम्तीमा पनि तीन दिन बास बस्नुपर्ने अवस्था सिर्जना गर्न यसले थप योगदान गर्ने धरानका पर्यटन व्यवसायी बासुदेव बरालले बताए ।
शुुल्क कति लाग्छ
यो उडानका लागि शुल्क ५ हजर ५ सय र थप १३ प्रतिशत भ्याट जोडिने छ । यो शुल्कमा आधा घण्टाको उडान र टेकअफ पुर्याउने, ल्याण्डिङबाट ल्याउने यातायात सुविधा पनि हुन्छ । धरानबाट छोटीमोरङसम्म पुुग्न लाग्ने यातायात खर्च पनि यसै मा जोडिएको कम्पनिले जनाएको छ ।

उदयपुरको मैनामैनीबाट प्याराग्लाईडिङ उडान
उदयपुरको वेलका नगरपालिकाको मैनामैनी डाडाबाट पााराग्लाईडिङ खेल सुरु भएको छ । प्याराग्लाईडिङ खेल सुरु भएसँगै वेलका नगरपालिका पर्यटकको लागि आकर्षणको केन्द्र बन्ने भएको छ । पाराग्लाईडिङमा रमाउनका लागि पर्यटकहरु वेलका नगरपालिका पुग्न थालेका छन् ।
पाराग्लाईडिङ खेलका लागि वेलका नगरपालिकाको मौसम र भौगोलीक अबस्था उपयुक्त मानिन्छ । उदयपुरको मैनामैनी लगायतका स्थानबाट प्याराग्लाईडिङ उडान गर्ने गरिएको छ । यसका लागि शनिबार मात्रै नगरपालिकाको सहयोगमा उडान परिक्षण गरिएको हो । वेलका नगरपालिकामा प्याराग्लाइडिङतथा सप्तकोशीमा बोट चलाउने योजना नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य     रमन भट्टराईले ल्याएका थिए । pic 9

para-625x405