धरान /  धरान उपमहानगरपालिका सधै चर्चामा आइरहने पालिका हो । यसका नायक मेयर हर्कराज राइं(साम्पाङ) हुन् । बोलेर, लेखेर, केही अनौठो काम गरेर भए पनि उहाँ चर्चामा  आउने गर्नु हुन्छ । उपमहानगरमा उहाँ स्वतन्त्रबाट एक्लै हुनुहुन्छ तर दलका प्रतिनीधिहरुलाई बझाएर जुधाएर आफु अनुकुल काम गदैं आउनुु भएको छ । 

पछिल्लो समय उहाँ असोज २८ गते उहाँ बेलायतको भ्रमणमा निस्कुन भएको छ । परिवारसहित नीजि भ्रमणमा जानुभएका मेयर साम्पाङले उपमेयर हुँदाहुँदैं आफ्नै मामा ससुरा पर्ने ११ नं. का वडाका वडा अध्यक्ष  लोकेन्द्र फागोलाई  कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेर फेरी विवाद ल्याइदिनु भएको छ । उहाँले कुनै पनि काम गर्न नपाउने आसयको पत्र लेखेर उहाँले उपमेयर हुदा हुँदैं  वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनु भएको छ । 

आफ्नो कार्यकक्षमा ताला लगाएर सहयोगीहरू बस्ने वेटिङ रुममा उहाँलाई राख्ने व्यवास्था मिलाइएको छ । मेयरको यो कामको यति बेला चौतफी आलोचना भइरहेको छ । 

कार्यवाहक प्रमुख पाएका फागोको बसाइँले कार्यवाहक पदको बेइज्जत भएको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सुनसरी उद्योग बाणज्यि संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले ‘कार्यवाहक मेयरले चौकीदारको जिम्मेवारी दिएको छ भने जस्तै मेयरको कोठामा नभई बाहिर पिएहरु बस्ने रिसेप्सन कोठामा टेबल व्यवस्था गर्नु र त्यही बसेर कार्यवाहकको कार्यालय सञ्चालन गर्नु लज्जास्पद भएको टिप्पणी गर्नु भएको छ । 

साम्पाङले कार्यकक्षमा ताला लगाएर ढोकामा सोफासमेत तेर्स्याएर राखिएको छ । विगतका मेयरहरुले कार्यवाहकब दिदा स्थानीय सासन संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुसार उपमेयर भए उपमेयर र उपमेयर पनि नभए सिनियर वडाध्यक्षलाई दिदैं आउनु भएको थियो । कानुनमा पनि यही व्यवस्था रहेको छ । तर मेयर साम्पाङले कानुनको बर्खिलाप गदैं कार्यवाहक तोके पछि सर्वत्र आलोचना भएको छ । 

उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै नीच कार्य गरे -  ६ दल

 मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिने कार्यलाई धरानका ६ वटा दलले उपप्रमुख पदलाई अपमानित गर्ने ‘अत्यन्तै नीच कार्य’ गरेको भन्दै ध्यानाकर्षण भएकोृ जनाएका छन् । 

धरानका ६ वटा दलले बुधवार जारी गरेको वक्तव्यमा भनिएको छ- ‘ऐनले व्यवस्था गरेको उपप्रमुखको अधिकारलाई उल्लङ्घन गर्दै गैर कानुनी रूपमा प्रमुख र उपप्रमुख पदको गरिमा माथि आँच आउने गरी नगर प्रमुख हर्कराज राईले उपप्रमुख पदलाई अपमानित गर्ने अत्यन्तै निज कार्य गरेको हाम्रो ठहर छ ।’

धरानवासीको शिर निहुर्याउने नगर प्रमुखको यस प्रकारको कार्यको घोर भर्त्सना गर्दै वक्तव्यमा नगर प्रमुखको तहबाट यस्ता गैरकाननी र अराजक गतिविधिहरू नगर्न सचेत गराएक छन् । 

वक्तव्य नेपाली काँग्रेस बाहेकका ६ दलका अध्यक्षहरू नेकपा एमालेका उपमहानगर अध्यक्ष हर्कजंग एभेङ, माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, जसपाका अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रेवती रमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका संयोजक नरेश शाक्य र रास्वपाका उपसभापति राम कार्कीले हस्ताक्षर गर्नु भएको छ ।

वक्तव्यमा नेपाली काँग्रेस धरान नगर समितिको ध्यानाकर्षण गराउँदै भनिएको छ- ‘नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक मूल्य मान्यता मान्ने पार्टीका निर्वाचित वडा अध्यक्षले संविधान र कानुन विपरीत सर्त सहित केवल थपना मात्रको कार्यवाहकको जिम्मा लिनु आश्चर्यजनक भएको छ ।’ फागो नेपाली कांग्रेसबाट प्रतिनीधि गर्ने वडाध्यक्ष हुनुहुन्छ । 

दलहरूलाई भिडाएर काम ठप्प गर्न कार्यवाहकको फण्डा

उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तिलक राईले पत्रकार सम्मेलन नै गरेर वर्तमान मेयर साम्पाङले नियतवश स्थानीय सरकार सञ्चालन ऐन, नियम र उपमहानगरपालिकाकै नियमावली उल्लङ्घन गरी खराब नियतले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको बताउनुभएको छ । 

उहाँले आफ्नो कार्यकालमा प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा मात्र वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको प्रष्ट बताउनु भयो ।  उपप्रमुख हुदाँहुदै वडा अध्यक्षलाई कार्यवाहक तोक्न ऐनले नमिल्लने उहाँले बताउनु भयो ।

कार्यवाहकको जिम्मेवारी दिँदा ऐन, नियमको दफा उपदफा उल्लेख गरी औपचारिक रूपमा शुभकामना समेत दिने चलन छ । मेयरको  पत्रमा कुन ऐन, नियमको दफा अनुसार कार्यवाहकको जिम्मेवारी दिइएको हो त्यो नै उल्लेख छैन ।

पत्रमा नै कानुनी औपचारिकता नभएको उल्टो यो यो काम नगर्ने भनी सर्त राखिएकाले व्यक्तिगत घरको जिम्मेवारी दिएको जस्तै जिम्मेवारी दिनु र लिनु दुवै गलत भएको उहाँको भनाई छ । जिम्मेवारी लिनुहुने अध्यक्ष ज्युले पनि पत्र ऐन, कानुन अनुसार छ छैन पदीय मर्यादा अनुसार हेर्नु पर्थ्यो ।’( उहाँले भन्नु भयो । 

कार्यवाहक जिम्मेवारी दिने विषयमा धरान उपमहानगरपालिकाको आफ्नै पनि नियमावली भएको बताउनु भयो । उक्त नियमावलीमा प्रमुख वा प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा कार्यवाहक तोक्ने व्यवस्था छ । त्यसमा पनि प्रमुख र उपप्रमुख दुवै अनुपस्थित भएको अवस्थामा कोही एक वडा अध्यक्षलाई कार्यवाहक तोक्ने व्यवस्था भएको उहाँले बताउनुभयो । 

उपमहानगरपालिकाको नियमावलीमा ७ दिन सम्मको अनुपस्थितिमा कार्यवाहक तोक्ने व्यवस्था भएकोमा  तिलक राई कै कार्यकालमा त्यसलाई घटाएर ३ दिन अनुपस्थित हुँदा पनि कार्यवाहक तोक्ने व्यवस्था गरिएको हो ।  साम्पाङले राजनीतिक दलहरूलाई आपसमा भिडाएर उपमहानगरपालिकामा विवाद गराउन खराब नियतले ऐन नियम उल्लङ्घन गरी कार्यवाहकको फण्डा गरेको उहाँको आरोप छ । 

राजनीतिक दलहरूमा विवाद उत्पन्न भएपछि त्यसको प्रभावले उपमहानगरपालिकाको कर्मचारीमा अन्यौलता उत्पन्न हुने, त्यस्तो अन्यौलतामा दैनिक काम कारबाही समेत ठप्प हुने अवस्था सिर्जना गर्ने नगर प्रमुख साम्पाङको नियत भएको उहाँको भनाई छ ।  फर्की नआए सम्म नगरपालिकामा कुनै काम नहोस् भन्ने हर्क साम्पाङको उद्देश्य हो ।’ त्यो कुरा उनले कार्यवाहकलाई दिएको पत्रमा राखेको सर्तहरूबाट पनि सजिलै बुझ्न सकिने उहाँले बताउनु  भयो । 

कार्यवाहकको पत्रमै राजनीतिक दलहरूमाथि आक्षेप 

साम्पाङले कार्यवाहक प्रमुखका लागि दिएको पत्रमा राजनीतिक दलहरूमाथि आक्षेप लगाउँदै राखेको शर्तप्रति निवर्तमान नगर प्रमुख तिलक राई आपत्ति समेत जनाउनु भएको छ। 

पत्रको बुँदा न‍. ३ मा ‘दश दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड छानबिन र अनुसन्धानको प्रक्रियामा रहेकोले जस्तो छ त्यस्तै राख्ने । मर्मत नगर्ने ।-’ भनी उल्लेख छ ।

त्यो बुँदाले तोडफोड दलहरूले गरेको साबित गर्न खोजेको छ र कार्यवाहकको जिम्मेवारी लिनेले त्यसलाई स्वीकार गरेको बुझिन्छ ।’ आन्दोलनमा भएको सामान्य कुरालाई दलहरूले तोडफोड गरेको भनेर प्रचार गरिएको उहाँले बताउनु भयो । 

मेयर साम्पाङले सामान्य रेखदेख र निर्देशनको अधिकार मात्र कार्यवाहकलाई प्रत्यायोजन गरि ५ वुँधामा निर्देशन जारी गर्नु भएको छ । पहिलो बुँधामा कार्यवाहकले दैपिनक पाँच हजार मात्र आर्थिक कारोवार गर्न पाउने उल्लेख गरिएको छ । दोश्रो बुँदामा कार्यवाहको अध्यक्षतामा कार्यपालिका बैठक बोलाउन नपाउने सर्त राखिएको छ । चौथो बुँदामा रातो कितावमा भएका कुनै पनि योजनाहरु स्वीकृत गर्न नपाउने भनिएको छ । यस्तै पाँचौ बुँदामा करार वा ज्यालादारीमा कर्मचारी नियुक्ति गर्न नपाउन र कर्मचारी सरुवा बढुवा गर्ने नपाउने उल्लेख गरिएको छ । यि सर्त अनुसार मेयर साम्पाङले आफ्नो नाता पर्नेलाई कार्यायल रुग्ने कार्यवाहक तोकेको जस्तो देखिएको धेरैको बुझाई छ । 

स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुखको अनुपस्थितिमा उपप्रमुख कार्यवाहक हुने उपप्रमुख अइन्द्रविक्रम बेघाले दाबी गर्नु भएको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै बेघाले प्रमुख साम्पाङले कार्यवाहक जिम्मेवारी दिने प्रक्रिया स्थानीय सरकार सञ्चालन ऐन विपरीत कार्य भएकाले नेपाल नगरपालिका सङ्घले उच्च अदालतमा रिट दायर गर्न निर्देशन समेत दिएको जानकारी गउनु भएको  थियो ।  स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा  १६ ,उपदफा ४(क) को  (१२) बमोजिम धरान उपमहानगरपालिकाको कार्यवाहक प्रमुख आफु भएको दावी गर्नु भयो ।

आफ्नो कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा उपप्रमुख बेघाले नगर प्रमुख साम्पाङले कुन दफा र उपदफा बमोजिम कार्यवाहक दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै कानुननतः कार्यवाहक प्रमुख आफू भएको बताउनु भयो ।  बेघाले कानुनी राज्यको पालना गर्दै आफु अदालत जाने प्रक्रिया सुरु गरेको बताउनु भएको छ । 'कार्यवाहक पद ठूलो कुरा भएन तर कानुनी राज्य र कानुनी प्रक्रिया मुख्य विषय हो ।'- उहाँले विजयपुर खवरसँग भन्नुभयो । 

 नेपालको संविधान २०७४ को भाग १७ को स्थानीय कार्यपालिका गठन सम्बन्धी धारा २१४ देखि २३० सम्म व्यवस्था भए बमोजिम स्थानीय सरकार गठन भएकोले कानुनतः गाउँपालिका र नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा  उपप्रमुखले कार्यभार सम्हाले प्रस्ट लेखिएको छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले कार्यवाहको विषय जनप्रनिीधिहरुको विषय भएकाले उहाँहरु के गर्नु हुन्छ हामीलाई सरोकारको विषय नहुने र ऐन नियमले तोके अनुसार प्रशासन चलिरहने बताउनु भएको छ । कार्यवाहकको विवादले प्रशासनीक काममा आफुहरुलाई कुनै असर नपर्ने बतउदैं राईले जनताको काम नियमित हुने बताउनु भयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले कार्यवाहकको सम्बन्धमा मेयरको कार्य  कानुन विपरीत भएको बताउनु भएको छ । 

मेयर साम्पाङ यही असोज ३० गते युके प्रस्थान गर्नु भएको छ । धरान समाज युके र सुम्निमा पारुहाङ प्रतिमा निर्माण समिति युकेको निमन्त्रणामा युके जानुभएको हो । मेयर साम्पाङसँगै श्रीमति निर्मला, छोरा र पत्रकार रोहित राई पनि सँगै हुनुहसन्छ ।  यी दुवै संस्थाको आयोजनामा सुम्निमा पारुहाङ प्रतिमा निर्माण गर्नको लागी सहयोग संकलन गर्ने उद्देश्यले युकेको विभिन्न स्थानमा मिट एण्ड ग्रिट कार्यक्रम गर्ने बताइएको छ । यो भ्रमण उपमहानगरको भने होइन । मेयर साम्पाङको व्यक्तिगत हो ।