विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइराला विजयी हुनु भएको हो । 

कोइरालाई सत्तागठबन्धनकै मतदाताले फ्लोरक्रस गरेर भोट दिएका छन् । चुनावको मुखैमा एमाले(राप्रपाको तालमेल भएको थियो ।

उहाँले सत्ता गठबन्धनकी माओवादीकी चम्पादेवी कार्कीलाई पराजित गर्नु भएको हो । कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३ मध्ये उहाँलाई ४९ जनाको मत आएको छ । यस्तै स्थानीयत तहका १३१ जनाले मत हालेका छन् । स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेका छन् ।

प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याउनु भएको छ । कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

कोइरालाले ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाउनु भएको छ ।