धरान । -याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप-महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन।

         फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्चका स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा-हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई, चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम  र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन।

    धरान-१३ स्थित वडा कार्यालय परिसरमा रहेको वडा बाल सन्जालको हलमा भएको कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि रहनु भएकाे थियाे । सहभागिहरुले 'सामाजिक सन्जालको प्रयोगले नेपाली समाजमा पारेको प्रभाव' शिर्षकमा बोलेका थिए।प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद मा.बि. धरानका शिक्षक टंक भट्टराई रहनु भएकाे थियाे ।

   बिद्यार्थीहरुको आत्माविश्वासमा वृद्धि गरि नेतृत्व  र ब्यक्तित्व बिकास गराउने उद्येस्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनु भयाे । फाईनल प्रतियोगिता आगामी माघ-१६ गते सहिद दिवसका दिन हुने आयोजकले जनाएको छ