धरान । यातायात मजदुरहरुको गुनासो संकलनका लागि धरानको भानुचोक बसपार्कमा सञ्चालन गरेको शिविरमा यातायात मजदुरहरुले मजदुरी गरि जीवन चलाउन गारो भएको बताएका छन् । 

मजदुरहरुले काम गर्ने बसपार्क आधारित शिविर सञ्चालन गरेकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बसपार्कमा माघ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन गरेको शिविरमा २ सय ५७ जना चालक, सहचालक, परिचालक, बुकिङ तथा बसपार्कमा सामान लोडअनलोड गर्ने मजदुरहरुसंग साक्षात्कार गरिएको थियो । शिविरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, कोशी प्रदेश अध्यक्ष गौरी लामा, धरान उपमहानगर कमिटीका अध्यक्ष कमल भट्टराई सहितका नेतृत्व बसपार्कमै परिचालन गरिएको थियो । 

मजदुरहरुले सबैभन्दा बढी ट्राफिक प्रहरीको बोली र व्यवहारका कारण गरिखान गारो भएको बताउनु भएको थियो । सडकमा हिड्दा यात्रुहरुको सेवाका लागि हिँडेका हुन्छौं तर, सवारीसाधन स्टेण्मा पार्क गर्दा, यात्रु, चढाउँदा, ओराल्दा ट्राफिक प्रहरीबाट गालीगलौज र जरिवानामा पर्ने गरिएको चालक विकि प्रधानले बताउनु भयो ।  

धरान काकडभिट्टाको सार्वजनिक बसका चलाक प्रधानले भन्नुभयो, हामीले ट्राफिक नियम मिच्यौँ भने कारबाहीमा पर्नुलाई अन्यथा मान्नु हुँदैन, ट्राफिक प्रहरीको काम त नियम बारे प्रशिक्षित गराउने पनि होनी तर, जसरीपनि जरिवाना तिराउने ट्राफिक प्रहरीको नियतका कारण सडकमा काम गरेर खान समस्या भएको बताउनुभयो । 

धरान ७ निवासी चालक राम विश्वकर्माले भन्नुभयो, अहिलेका सडक बजार जस्तैछ, सवारीसाधनको चाप अत्यधिकछ, सबै प्रकारका सवारीसाधन तथा पशुपंक्षिपनि सडकमै रहेका हुन्छन् यस्तो अवस्थामा सडकमै काम गरेर जीवन निर्वाह गर्ने हाम्रो जीवन संकटमाछ यस्तो अवस्थामा सानो गल्तीमा पनि हामीलाई सर्वश्व दोषी बनाएर दण्डीत हुनुपर्ने अवस्थाले पेशा नै परिवर्तन गर्न मन लाग्नेगरेको बताउनुभयो । 

विश्वकर्मा भन्छन् बिसौँवर्र्षदेखि चालक काम गरियो अन्य पेशा जानिएकैछैन अपमान सहेरपनि गाडी चलाउन छाड्न सकिएको छैन । 

सानोतिनो घटना हुँदा होस् या भाडा माग्दा होस् अनाहकमा कुटाइखानु परेको कथा स्मरण गर्दै प्रहरी, प्रशासन र समाजको दृष्टिकोण पनि यातायात मजदुरहरुप्रति सकारात्मक नभएको कण्डक्टर हरि खतिवडाले बताउनुभयो । 

धरानको बसपार्कमा सवारी पार्क गरेकै कारण सवारीसाधनको चालक सिट झिकिदिएपछि ट्राफिक प्रहरीको कुटाइखानु परेको पुराना कथाको स्मरण गर्दै साना घटनामा कुटाइखानु पर्ने सडक दुर्घटना भए चालक जेल जानु पर्ने कानुन नसच्चिएसम्म हामी यातायात मजदुरहरुले आनन्दको सास फेर्न नसकिने चालक मनोज श्रेष्ठले बताउनुभयो । 

पाँचदिनसम्म लगातार संगठनको नेतृत्व धरानको भानुचोस्थित बसपार्कमा बिहान ७ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म मजदुरहरुसंग भेटघाट र छलफल गरी समस्याहरुको पहिचान र समाधानका लागि सुझाव पनि संगठन गरिएको थियो । 

शिविरमा प्राप्त समस्यामा ट्राफिक प्रहरीको बोली व्यवहार, कानुनी रुपमा देखिएका समस्याहरु, सडक पूर्वाधारका समस्या, सवारीसाधनमा बढ्दो चाप, समाजले मजदुरहरुका बारे सोच्ने शैली, बढ्दो सडक दुर्घटना, दुर्घटनापछिका संकटहरु, यातायात श्रमिकहरुमा सामाजिक सुरक्षाको अभाव जस्ता समस्याहरु रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भयो । 

मजदुरहरुमा पहिलो समस्या प्रतिफलको समस्या अर्थात मर्यादित जीवन जिउन पुग्ने ज्याला अभाव दोस्रो, दिगोपना अर्थात कामको निरन्तरतामा समस्या र तेस्रो समस्या सुरक्षाको समस्या अर्थात कानुनी सुरक्षा र सामाजिक सुरक्षाको समस्या रहेको अध्यक्ष राईले बताउनुभयो ।  

शिविरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल ट्रेड युनियन महासंघ जिफन्टको १ सय ७० जना यातायात मजदुरहरुले बसपार्कमै सदस्या ग्रहण गरेको संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताउनुभयो ।