संखुवासभा ।  नेपाल यातायात स्वतन्त्र मजदुर संगठन संखुवासभा जिल्ला भेलाले सृजन राईको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन संखुवासभा जिल्ला चौथौं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेकोछ । 

तीन महिनाभीत्र अधिवेशन गर्ने गरि गठित कमिटीको उपाध्यक्षमा कुशकुमार श्रेष्ठ, सचिवमा रोहित कार्की, सहसचिवमा, सुरेश राई, कोषाध्यक्षमा प्रवीण ढकाल रहनु भएको छ । यसै गरि सदस्यहरुमा रमेश खत्री,  डुपछिरिङभोटे, राज श्रेष्ठ, समिर मोक्तान फूर्वुनाम्जा भोटे, विवेक श्रेष्ठ, सान्डुक शेर्पा, फूर्वू भोटे, गोपाल श्रेष्ठ, युवराज ताम्रकार, पदमबहादुर कट्वाल र रिन्जिन् भोटे रहनुभएकोछ । 

भेलाका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संखुवासभा जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरु यातायात मजदुर तथा व्यवसायीहरुसंग छलफल र परामर्श नगरि जिल्लाका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा समायोजका नाममा यातायात व्यवसायी र मजदुरहरुलाई असर पार्ने निर्णय गरेकोमा विरोध जनाउनु भयो । 

जिल्ला प्रशासन कार्यालय संखुवासभाले माघ ४ गते बैठक राखेर मजदुर तथा व्यवसायीहरुको भावनालाई सम्बोधन गर्दै पुन छलफलमा राखेर सुझाव समेट्न आग्रह गर्दै पुन छलफल नगराई एकलौटी गरिएको निर्णय कार्यान्वयन नगराउन संगठनका अध्यक्ष राईले आग्रह गर्नुभयो । 

सरकारले कुनैपनि निर्णय गर्दा त्रिपक्षियतालाई ध्यान दिनुपर्ने उल्लेख गर्दै यातायात व्यवसायी र मजदुरहरुको भावना विपरित अघि बढ्न खोजिए त्यसले समस्या निम्तिने राईले आग्रह गर्नुभयो । 

भेलामा संगठन कोशी प्रदेश कमिटी अध्यक्ष गौरी लामा, सचिव महेश घिमिरे, जिफन्ट संखुवासभा अध्यक्ष लोकबहादुर प्रधान, संगठनका धनकुटा अध्यक्ष कमल थिङ, क्युपेक नेपाल संखुवासभा अध्यक्ष प्रेम विश्वकर्मालगायतका नेताहरुले शुभकामना दिनु भएको थियो ।