धरान / धरानमा ‘बिनायो बज्यो ओठैले, जोर ढोल गजैले‘ बोलको साकेला गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

किरात राई कलाकार सघ सुनसरीले तेस्रो सागीतिक कोसेली साकेला गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । गायक तथा सगीतकार मिलन राईको शब्द सगीत रहेको उक्त गीतमा चन्द्र बान्तावा, बसन्त बान्तावा, हेमन चाम्लिङ, सुनिता नाम्नु राई, जयकला राई, उमा चाम्लिङ र दिलु राईको स्वर रहेको छ ।

सोमिया राई र गायक चन्द्र बान्तावाको मुख्य अभिनय रहेको उक्त म्यूजिक भिडियो आइतबार साँझ धरानमा सार्वजनिक गरिएको थियो । किराया सुनसरीका अध्यक्ष राजेन्द्र राइईले उक्त म्यूजिक भिडियोको विमोचन गर्नु भयाे । बसन्त बान्तावाको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा प्रविन भुजेलको कोरियोग्राफी रहेको छ । यस म्यूजिक भिडियोमा पूर्ण सुनुवारको छायाङकन रहेको छ भने अशोक सुनुवारको सम्पादन र रंग सयोजन रहेको छ ।

धनकुटाको सिम्सुवा, भेडेटार र धरानमा छायाङकन गरिएको थियो । । माया प्रेमलाई जोडेर साकेला गीतको निर्माण गरिएको गायक तथा सगीतकार मिलन राईले बताउनु भयाे । यो म्यूजिक भिडियो किरात राई कलाकार सघ सुनसरी, खुवालुङ अनलाइन मिडिया र भिजन नेपाल टिभी यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको थियो । कलाकार संघले यसअघि चोमोलुङ्मा मुनी र उकाली चढ्नु अक्करको बाटो बोलको वाडाङमी गीतको म्यूजिक बजारमा आइसकेको छ ।