धरान  / नेकपा एमाले धरान उपमहानगरपालिका वडा नं. ११ को पार्टी कार्यालय धरान ११ स्थित शान्तिचोकमा कार्यालय स्थापना गरेको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि पार्टीका केन्द्रीय सदस्य मञ्जु भण्डारीले रिवन काटेर उद्घाटन गर्नु भएको छ । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले संगठनलाई क्रियाशिल बनाउन संगठनका कार्यालय र अभियान जरुरी भएको बताउनु भयो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य मीन सुब्बा, नगर अध्यक्ष हर्कजंग एभेङलगायतले बोल्नु भएको थियो । 

कार्यक्रममा पार्टीका सुनसरी १(१) का संयोजक नारायण सुवेदी, नगर सहइञ्चार्ज टिका माङले, जिल्ला सदस्यहरु सुवास पौडेल, सुदेश चापागाई, नगर सचिव राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । वडा अध्यक्ष किरण राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।