लेखन प्रक्रियाका बारेमा लेखिएका अधिकांश पुस्तकमा लेखनका पाँचवटा चरण हुन्छन् भनिएको छ र ती चरण हुन्ः तयारी, मस्यौदा, परिमार्जन, सम्पादन र प्रकाशन । यी चरणलाई एकपछि अर्काे गरी जस्ताको तस्तै पछ्याउनुपर्छ भन्ने छैन । लेख्ने क्रममा प्रायशः अघिल्लो चरणमा पुगिसकेर फेरि पछिल्लो चरणमा फर्कनुपर्ने हुन सक्छ । अर्थात् लेखकले एक वा धेरै पटक पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । यहाँ उल्लेख गरिएको लेखन प्रक्रिया सबै विषयमा उपयोग गर्न सकिन्छ ।तयारीः तयारी भनेको विषय छान्ने, जानकारी सङ्कलन गर्ने र विषयका बारेमा चिन्तन गर्ने काम हो । लेखकले विषयका रूपमा उठाउन सकिने यस्तो “आकर्षणको केन्द्र” पत्ता लगाउन कोसिस गर्छन् (एल्बो १९९८) । यसरी उनीहरू आपूmले छानेको विषयमा लेख्ने योजना थाल्छन् । यस्तो सोचविचार गर्न र जानकारी सङ्कलन गर्नका लागि समय लाग्छ ।
मस्यौदाः मस्यौदा गर्नु भनेको आफ्ना विचारहरूलाई प्रारम्भिक रूपमा कागजमा उतार्नु हो । लेखकले आफ्ना विचारहरूलाई कागजमा वा कम्प्युटरमा उतार्छन् । यसो गरेपछि विषयका बारेमा आफूलाई के कुरा थाहा छ र यस विषयका बारेमा आफूले बताउनुपर्ने कुरा के छ भन्ने कुरा देख्न सक्छन् । मस्यौदा गरिसकेपछि उनीहरू पुनः लेखनको चरणमा प्रवेश गर्न सक्छन् । धेरैजसो युवा लेखकहरू (अधिकांश लेखकहरू) एक पटकभन्दा बढी लेख्दैनन् तर कुशल लेखकहरू धेरै पटक लेख्छन् । उनीहरूका विचारमा “लेखन भनेको पुनःलेखन” हो । मस्यौदाका चरणमा कुशल शिक्षकले लेखकहरूलाई जे मन लाग्छ त्यो लेख्न प्रोत्साहित गर्छन् । यस चरणमा आत्मआलोचक बन्नु पर्दैन । लालित्य र शुद्धता पछिल्लो चरणमा बिस्तारै आउँछ ।
परिमार्जनः लेखिएको कुरालाई अझ परिष्कार गर्नका लागि पुनर्लेखन गरिन्छ । यो भनेको व्याकरणलाई शुद्ध पार्ने वा हिज्जे सच्याउने भन्ने होइन । यस चरणमा लेखकले विचारलाई आवश्यकताअनुसार तलमाथि पार्छन, सविस्तार वर्णन गर्छन, अनावश्यक कुरालाई हटाउँछन् र आफ्ना विचारलाई प्रस्ट पार्छन् र लेखनमा लालित्य थप्छन् । पुनर्लेखनका चरणमा लेखकले आपूmलाई आपूmले लेखेको कुराबाट अलग राख्नुपर्छ । अरू लेखकहरूसँग वा शिक्षकसँग छलफल गरेर यसो गर्न सकिन्छ । परिमार्जनको चरणमा लेखकहरूले तयारी वा मस्यौदाको चरणमा फर्कनुपर्ने हुन सक्छ ।
सल्लाहः विद्यार्थीहरूले उनीहरूले लेखेका कुराहरूलाई अरूलाई पढन लगाएर आफैँ सुने भने धेरै कुरा सिक्न सक्छन् । छलफलका लागि विद्यार्थीहरूको जोडी बनाइदिन सकिन्छ । जसले लेखेको हो उसैलाई उसले लेखेको कुरा अर्काे विद्यार्थीले पढेर सुनाउन सक्छन् । जसले लेखेको हो उसले आँखा चिम्लेर अर्काे विद्यार्थीले पढेको कुरा ध्यानपूर्वक सुन्छन् । यसो गर्दा उनले शब्द छुटेको, फाल्नुपर्ने कुरा लेखिएको, सिलसिला नमिलेको जस्ता गल्ती आफैँ पत्ता लगाउँछन् जुन गल्तीहरू परिमार्जनको चरणमा उनले भेटेको थिएनन् । त्यसपछि जसले लेखेको हो उसले केही समय लगाएर आफूले लेखेको कुरा परिमार्जन गर्छन्, गल्ती सुधार्छन् । यसपछि पहिले अर्काको लेख पढ्ने विद्यार्थीले आफ्नो लेख साथीले पढेको सुन्छन् ।
सम्पादनः सम्पादन भनेको लेखिएको कुरालाई सार्वजनिक गर्नुभन्दा पहिला सार्वजनिक रूपमा प्रस्तुत गर्न योग्य बनाउने काम हो । यस चरणमा कहिलेकाहीँ लेखिएका हरफ वा पाना हटाइन्छन् वा थपिन्छन् । सिलसिला मिलाउनका लागि त्यसलाई पुनःसम्पादन गरिन्छ । सामान्यतया, सम्पादन गर्ने बानी बसाउनुपर्छ । सम्पादनमा तीनवटा तत्व रहेका हुन्छन्ः
१. लेखिएको कुरा सही बनाउने क्षमता
२. गल्ती पत्ता लगाउने क्षमता
३. गल्तीलाई सच्याउन सक्ने क्षमता