धरान / धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा आइतबार धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ।
धरानभरिका ११ वटा प्लस टु कलेजका २० जना विद्यार्थी सहभागी भएको उक्त प्रतियोगिताबाट १८ जना विद्यार्थी फाइनल चरणका लागि छनोट भएका छन्।
फाइनलमा प्रवेश गर्नेहरूमा सरस्वती माध्यमिक विद्यालय, पानवाराकी समिता राई र निर्मला भण्डारीस शिक्षा निकेतन माध्यमिक विद्यालयका सुसन राई र निशा मगरस पब्लिक हाईस्कुलका गुन्जन लुइँटेल र स्मिता कोइराला रहेका छन्। यसैगरी विष्णु मेमोरियल माध्यमिक विद्यालयका सार्थक निरौला र स्वेच्छा आचार्यस चन्द्र संस्कृत माध्यमिक विद्यालयका केवल मिश्र र सुमन भट्टराईस डिपोट माध्यमिक विद्यालयकी क्यासी राईस धरान–मेघा हिमालयनका दिविका राई र सन्जिना राई पनि फाइनलमा प्रवेश गरेका छन्।
त्यस्तै सुनाखरी एकेडेमीका नाबिया सरखाना र अमन राईस सहिद स्मृति माध्यमिक विद्यालयकी जेलिसा पौडेल र झर्ना राई तथा सियोन स्कुलकी सोनिया राई समेत अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन्।
“हामी सचेत युवा कि भीड पछ्याउने पुस्तारु” शीर्षकमा आयोजित प्रतियोगितामा अधिकांश प्रतिस्पर्धीहरूले विषयवस्तुलाई समसामयिक भएको उल्लेख गर्दै युवाहरू भीडको अन्धाधुन्ध पछि लाग्नु भन्दा सही–गलत छुट्याएर यथार्थको पक्षमा उभिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवा पुस्ता भीडको पछाडि लाग्ने नभई भीडलाई सही मार्गतर्फ डोर्याउन सक्ने बन्नुपर्ने धारणा व्यक्त गरेका थिए।
प्रतियोगिताका निर्णायकमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक देबेन्द्र कार्की र भानु स्मृति माध्यमिक विद्यालयका शिक्षक ओमनाथ रिमाल रहनु भएको िथयो ।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले याडिकल लाईट नेपाल प्रा।लि।, धरानले प्रतियोगिता आयोजना गरेको हो। आयोजक संस्थाका अध्यक्ष तीर्थ कार्कीले पुरस्कारभन्दा अवसर महत्वपूर्ण हुने उल्लेख गर्दै छनोट चरणबाट धेरै विद्यार्थीलाई फाइनलमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिएको बताउनुभयो।
कार्यक्रमका अतिथि सहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले प्लस टु अध्ययनरत विद्यार्थीहरूले जटिल विषयमा समेत धाराप्रवाह ढंगले आफ्ना विचार प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले सबै प्रतिस्पर्धीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु। ७ हजारसहित ट्रफी र प्रमाणपत्र, द्वितीयलाई नगद रु। ५ हजारसहित ट्रफी र प्रमाणपत्र, तृतीयलाई नगद रु। ३ हजारसहित ट्रफी र प्रमाणपत्र तथा सान्त्वना स्थान प्राप्त गर्ने सहभागीलाई नगद रु। १ हजार ५ सयसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको फाइनल चरण आगामी फागुन १५ गते शुक्रबार सहिद स्मृति माध्यमिक विद्यालयमै आयोजना गरिने जनाइएको छ।



















