धरान  / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समस्या आए पछि धरानका मेयर हर्क साम्पाङले कायममुकाय उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोल्नु भएको छ । 

उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा अस्पतालमा उपचार सेवा अवरुद्ध हुने गरि बन्द, हड्ताल, तालाबन्दी नगर्नु नगराउनु भन्ने अन्तरिम आदेशसमेत जारी भएपछि शुक्रबार दिउँसो मेयर साम्पाङले उपकुलपति कार्यकक्षमा लगाएको ताला खोलेका खोल्नुभएको हो । मेयर साम्पाङले उपकुलपतिलाई सामाजिक सञ्जालमा धम्कीपूर्ण भाषामा लेख्दैं कार्यकक्षमा माघ १ गते आफै गएर तालाबन्दी गर्नु भएको थियो । शुक्रबार भने उहाँले आफ्ना स्वकीय सचिव सुर्दशन लिम्बुलाई ताला खोल्न पठाउनु भएको छ । 

‘आज प्रतिष्ठानमा बस्ने भनिएको कार्यकारीणि समितिको बैठक उपकुलपतिले काठमाडौं मै बोलाए पछि आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले असन्तíट बनेका छन् । बैठक काठमाण्डौंस्थित सम्पर्क कार्यालयमा बस्ने गरि बोलाएपछि आन्दोलनरत पक्षले भने प्रतिष्ठानको मुख्य कार्यालयमै बस्नुपर्ने माग गर्दै रेक्टर र रजिष्ट्रारलाई घेराउ गरेका थिए । बैठकमा रेक्टर र रजिष्ट्रार काठमाण्डौं जान नपाए पछि कायममुकायम उपकुलपतिले पुनः बैठक शनिबारको लागि बोलाउनुभएको छ । 

स्वास्थ्य क्षेत्रमा बन्द हडताला र तालाबन्दी गरेको भन्दैं सञ्जिवकुमार साहले उच्च अदालतमा रिट दायर गर्नु भएको थियो । आन्लोलनरत पक्ष, धरान उपमहानगरपालिकाका मेयर, जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा शुक्रबार न्यायधिश श्रीधराकुमारी पुडाशैनीको एकल इजलासले ताला खोली बन्द हड्ताल रोक्न परामधश जारी भएको थियो ।