धरान  / धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले नगर प्रमुखको कार्यकक्षबाट हटाएको राष्ट्रप्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर आज आइतबार कार्यपालिका बैठक हलमा राखिएको छ ।

मेयर साम्पाङले डाकेको कार्यपालिका बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू प्रवेश गरेपछि उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको तस्बिर आफै लगाएका थिए । मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत बस्ने कुर्सीको ठिक माथि राखिएको छ । 

निमित्त प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले बैठक सुरु गरे पनि उपमेयर अइन्द्र विक्रम बेघाले आफ्नो मन्तव्य सुरु गदें मेयरलाई चुनौति दिन् भयो । आफूहरू संस्कारी समाजमा हुर्केका हुनाले आफ्नो अभिभावक तथा आमा बाबाका फोटो राखेर सम्मान गरिएको बताउँर्दै उपमेयर बेघाले भने, ‘कसैले गाली गर्छ भने म सामना गर्न तयार छु तर व्यवस्था र संविधान माथि कसैले चुनौती दिन्छ भने जुनसुकै चुनौतीसँग लड्न र भिड्न तयार छु ।’

मेयर साम्पङले पुस १७ गते उपमेयरले आफूलाई सधैँ असहयोग गरेको भन्दै स्ट्याटस लगाएकोमा उपमेयर बेघा असन्तुष्टि व्यक्त गर्नु भएको थियो । उहाँले मेयरको उदण्डप्रति आक्रोशित हुदैं उपमेयरको विरुद्ध युट्युमा आएको सामाग्री मेयरले शेयर गरेको भन्दैं उहाँले प्रमाणित गर्न चुनौती दिनु भएको थियो । मेयरले चिक्त बुझ्दा जवाफ नदिए पछि विहानको बैठक भाडिएको थियो । फेरी दुई बजे बस्ने बताइएको थियो । 

एक्लै बरबराउने सबिधानको विधि नियम नमान्ने, कार्यपालिका हलमा एकल निर्णय गर्ने सल्लाह सुझाव नमान्ने अव यसरी नचल्ने उमेयर बेघाले भन्नु भयो । 

धरान उपमहानगरपालिका आइतबार बिहान बसेको कार्यपालिका बैठकमा एजेन्डा प्रस्तुत हुनु अगावै मेयर हर्क साम्पङ र उपमेयर आईन्द्र विक्रम बेघा बिचको लफडाले कार्यपालिका बैठक बस्न सकेन ।  जिम्मेवार व्यक्ति मेयर साम्पाङले नेपालको संविधानको व्यवस्थाको उल्लङ्घन गरेर राष्ट्रप्रमुख र कार्यकारी प्रधानमन्त्रीको फोटो हटाएर गणतान्त्रिक मुलुकको अवमूल्यन गरेको उहाँको भनाई छ । मेयर