धरान / पेशागत महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजनामा भएको २ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्मन्न भएकाे छ ।

तालिमकाे उदघाटन महासंघका प्रदेश अध्यक्ष अशेष लम्सालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेकाे थियाे । 

कार्यक्रममा पेशागत महासंघ  केन्द्रीय अनुसासन आयोगका अध्यक्ष राजकुमार गिरी र उहाँकी जीवन साथी गोमा गिरीलाई अभिनन्दन समेत गरिएकाे छ । उहाँ दाेसाला आेढाएर अभिनन्गिदन गरिएकाे हाे । गिरी दम्पतीले इटहरी -१७ मा महासंघको प्रदेश कार्यलय निर्माणका लागी  एक करोड मूल्य बराबरको एक कठ्ठा जग्गा र भवन निर्माणका लागी  तीन लाख उहाँले कोशी प्रदेश कमिटीलाई हस्ताणतरण गर्नुभएकाे थियाे ।

नेकपा एमाले केन्दीय कमिटी सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश  इन्चार्ज गुरु वराल, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा , सचिव राजकुमार भण्डारी, नेता विनोद ढकाललगायतको उपस्थीती थियो ।