धरान / धरान १८ स्थित डिपो स्कुलले आप्mनो ६१ औ स्थापना दिवस तथा अभिभावक दिवस सोमवार  विविध कार्यक्रम गरि मनाएको छ । 

६१ औ स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदै आएको डिपोले स्थापना दिवसको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्रालाई सम्मान समेत गरेको छ  । विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा. सञ्जिवकुमार शमर्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न् सांस्कृति कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । 

उत्सवमा विभिन्न स्टलहरु वनाएर विद्यार्थी आफैले निर्माण गरेका विज्ञान, प्रविधि, हस्तकला, पुराना तस्विरहरु, आफैले रचेका कविताहरु  लगायत आप्mना प्रतिभाहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा डिपो आर्दश वहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले क्याम्पसका उपलव्धि तथा आगामी कार्ययोजना वारे अवगत गराउनु भएको थियो ।