धरान। कोशी प्रदेशको सभामुखमा राप्रपाका अमरबहादुर विष्ट निर्विरोध निर्वाचित भहुनु भएकाे छ ।   कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकबाट उहाँ सर्वसम्मत चयन हुनुभएकाे हाे

गत साउन १६ गते सभामुखबाट बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो । मंगलबार बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो  ।

दिउँसो ३:३५ मा बसेको प्रदेशसभा बैठकमा विष्टको एकल उम्मेदवारी परेको भन्दै राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला र समर्थक प्रेमराज थाम्सुहाङले सभामुखमा निर्वाचित गर्न प्रस्ताव पेस गर्नु भएकाे थियाे ।
उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख सिर्जना दनुवारले निर्विरोध निर्वाचित गरेको घोषणा गर्नुु भयाे ।