धरान  । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा शिक्षकहरूकाे स्तर वृद्धिकाे प्रक्रिया पुस १५ गतेदेखि सुरू गर्ने लिखित प्रतिबद्धता व्वस्थापन पक्षले गरे पनि काम नगरेकाे भन्दै चिकित्सकहरूले आन्दाेलन थालेकाछन् ।

 शिक्षक र व्यवस्थापनसंग २०८० कार्तिक २० गते भएको सम्झौता अनुसार यही पुस २ गते शुरू गरि पुष १५ गतेसम्मआवश्यक प्रक्रिया पूरा गरेर लोक सेवा आयोग र स्वास्थ्य मन्त्रीको सहमति लिई बाँकी रहेको अन्तरवार्ता सकाउने सहमति भएको थियो । हालको अवस्थामा लोक सेवा आयोगको र स्वास्थ्य मन्त्रीले अनुमति दिएता पनि प्रमोशनको अन्तर्वार्ता सुचारु नभएकाे भन्दै चिकित्सकहरूले मंगलबारदेखि आन्दाेलन सुरू गरेका हुन । 

हिजाे शिक्षक कल्याढ समाजले भेला गरि चरण वद्ध  आन्दाेलनकाे घाेषणा गरिएकाे समाजका अध्यक्ष डा. सेहराज खानले जानकारी दिनु भयाे ।

प्रशासनकाे बेवास्ता निरास भएकाे उनीहरूले आज ८ बजेसम्म धर्ना दिएकाे छन् । भाेली पनि साेही समयमा धर्नाकाे कार्यक्रम तय भएकाे छ ।

 ४८ घण्टा भित्र पनि अन्तरवार्ताको तालिका प्रकाशित पुस २६ गते देखि हाम्रो स्थगित आन्दोलन पूर्ववत रूपमा पठनपाठन र परीक्षा सम्बन्धि सम्पूर्ण जिम्मेबारीहरु बहिष्कार गर्ने जनाइएकाे छ । अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने उनीहरूले जनाएका छन् ।

IMG-20240109-WA0000