बसन्तपुर / नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५ हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी, मोरङ, तेहथुम, धनकुटा र संखुवासभाबाट सहभागिता रहने छ । सुनसरी मोरङबाट स्थानीयवासी आजै त्यस तर्फ लागेका छन् । भोली दिउसो साढे १२  बजे बसन्तपुरमा सभा सुरु हुने छ ।

      बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओली लाई लिम्वू सँस्कृति अनुसार स्वागत गरिने तयारी रहेको छ । बसन्तपुर बजारमा हुने आमसभामा  ५ सय १ जना स्वयँसेवक खटिने छन । सभा अघि विभिन्न जातजाति भाषभाषीको झाँकीसहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिनुभयो । आमसभा अघि चोलुङ्गपार्क र त्यहाँ स्थित ऐतिहाँसिक संग्राहलय नीरिक्षणको कार्यक्रम छ । बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने सहर हो । लोकमार्गमा रहेका १० सहरमा संचालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि संचालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार हो । बसन्तपुरको सभा पछि टोली पाचथरको चिवाभञ्ज्याङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।