धरान  / धरानस्थित के के इन्टरनेसनल स्कुलले आइतबार आफ्नो ८ औं बार्षिक उत्सव विवि कार्यक्रम गरेर मनाएको छ । धरान १५ स्थित आफ्नै विद्यालय परिसरमा विविध साँस्कृतिक कार्यक्रम गरेर मनाएको हो । 

जिल्ला शिक्षा समन्वय सििमत सुनसरीका प्रमुख खगेन्द्र सुवेदीको प्रमुअ आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला प्रस्तुत गरेका थिए । 

kk1

कार्यक्रममा साना नानीहरुले विभिन्ना जातजातीहरुको संस्कृतिबारे जानकारीसँगे नृत्य प्रस्तुत गरेका थिए । लिम्बु, राई, तामाङलगायतको संस्कृति र संस्कारबारे विद्यार्थीहरुले अभिभावक सामु प्रस्तुत गरेका थिए । 

कार्यक्रमका प्रमुअ अतिथि सुवेदीले के के इन्टरनेसनल स्कुलले धरानको शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउनु भयो ।  राज्यको तीन खम्वे अर्थ नीति अनुसार नीजि क्षेत्रलाई प्राथमिकता दिएको बताउदैं सरकार र नीजि क्षेत्रविच सहकार्य तथा समन्वय जरूरी भएको बताउनु भयो । 

kk4

अभिभावकले बच्चाको चाहाना, उसको क्षमता र आफ्नो आर्थिक अवस्थामा ध्यान पुर्याएर काम गरेमा आफ्ना नानीहरु सवल हुने उहाँको भनाई थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष प्रविण अग्रवालले सबै बालबालिकालाई उनीहरूको चाहाना अनुसार एक एक क्षेत्रमा समेटेको बताउनु भयो । विद्यालयले पढाइसँगसँगै अतिरिक्त क्रियाकलपालाई पनि उतिकै पथमिकतामा राखेको उहाँले बताउनु भयो । विद्यालयले नैतिक शिक्षालाई पनि ध्यान पुर्याइरहेको बताउनु भएको छ । 

kk3

कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक गिरीधारी सापकोटा, निर्देशक सुनिल शर्मा, प्रधानाध्यापक पिउसकुमार रायलगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  करिव ७ सय विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन भइरहेको छ । 

kk2