धरान  / नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले हालको गठबन्धन सरकारका कारण गणतन्त्र खतरामा परेको बताउनु भएको छ । पछिल्लो समय गणतन्त्र तथा हालको व्यवस्था विरूद बोल्न थाले पनि  गठबन्धन सरकार मुखमा बुचो हालेर बसेको उहाँको भनाई थियो । 

मंगलबार धरानमा भूकम्प पीडितका लागि राहत बापतको रकह हस्तान्तरण तथा पार्टीको झुलाघाट  चिवाभञ्ज्याङ समृद्धिका लागि कङकल्प यात्राको अभियानबारे जानकारी गराउन  मङ्गलबार धरानमा आयोजित भेलालाई सम्बोधन गदैं नेता राईले यस्तो कुरा बताउनु भएको हो । 

 उहाँले भन्नु भयो,  ‘संघीयता र  लोकतन्त्र पक्षका लागि एमाले सतिसाल झै ठिङ्ग उभिएको छ, एमालेलाई कमजोर बनाउन लागेका छन, राष्ट्र र राष्ट्रियताप्रति एमाले निडर भएर लाग्ने छ ।’ 

नेता राईले अहिले मुलुक सही ढगले नचलेको भन्दै यस्तै हिसावले चल्ने हो भने ताजा जनादेशमा जाने र ताजा जनादेशको लागि लागि एमाले तयार रहेको पनि वताउनु भएको छ ।

विभिन्न वहानामा एमालेको  सङ्कल्प अभियानलाई रोक्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको जानकारी आएकाले अवरोधका कार्यक्रम नगर्न आग्रह गर्नु भएको छ । कोशी प्रदेशमा उक्त पार्टीको संकल्प अभियानका लागि २६ गते घुर्मी २८ गते बसन्तपुर र पाँचथरमा सभा र ठाउँठाउँमा छलफल जारी रहेको पनि नेता राईले बताउनु भएको छ । उहाँले एमालेले पहाडी क्षेत्रका बासिन्दाका समस्या बुझने र उनीहरुका पीर मार्कालाई राज्यसम्म पुर्याउन अभियान चलाएको बताउनु भयो । 

उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा धरान इञ्चार्ज जगदीश कुसियत, एमालेको विपद व्यवस्थापन प्रदेश समितिका प्रमुख तथा प्रतिनिधि सभाका पूर्वसदस्य जयकुमार राई लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले गर्नु भएको थियो  भने कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र राईले गर्नु भएको हो ।