धरान । जाजरकोटका भूकम्प पीडितहरुका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) धरान उपमहानगर कमिटीले आज राहत पार्टीको केन् ्रीय कार्यालयलाई हस्तान्तरण गरेको छ । 

नेकपा एमालेका स्थायी कमिटी सदस्य, सुनसरी जिल्ला इञ्चार्ज साथै कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई मार्फत आज पार्टी कार्यालयमा हस्तान्तरण गरेको हो । 

पार्टीका विभिन्न वडा कमिटीको सहयोगमा राहत संकलन अभियान मार्फत संकलित  १ लाख ६६ हजार ४२५ रुपैया एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको उपमहानगर अध्यक्ष हर्कजंङ एभेङले जानकारी दिनु भयो ।  

भूकम्पपीडितका लागि १ लाख ६१ हजार १ सय २५ रुपैयाँको चेक र एमाले धरान १८ वडा कमिटीबाट प्राप्त नगद ५ हजार तीन सय रुपैयाा सहित जम्मा १ लाख ६६ हजार ४ सय २५ रुपैयाँ हस्तान्तरण गरिएको हो । 

पार्टीले राहत संकलनका लागि पार्टी उपाध्यक्ष पारस काङमाङ राईको संयोजकत्वमा ९ सदस्यीय राहत सङ्कलन समिति निर्माण गरेको थियो । संयोजक राईले भन्नु भयो, ‘धरानका जनताबाट सङ्कलन गरिएको रकम थोरै भए पनि सहयोग गर्न सकौ भनेर राहत सङ्कलन गरिएको र राहत रकम पार्टी केन्द्रीय कमिटीमा पठाइएको छ ।’

संकलित राहत रकम हस्तान्तर कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य, सुनसरी जिल्ला इञ्चार्ज एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले रुकुम र जाजरकोटमा भूकम्प जाँदा देशै भरिका नागरिक र नेकपा एमालेलाई दुखेको भन्दै पार्टीले गरेको यस्तो अभियान प्रंशासनीय र अनुकरणीय भएको वताउनु भएको छ । 

एमालेले केन्द्रले पीडितका लागि एक कराेड सहयाेग गर्ने घाेषणा गरेकाे थियाे ।