धरान / मेयर स्कुल मिनि ओलम्पिक बास्केटवल च्याम्पियनसिपमा डिपो स्कुलका महिला र पुरुष दुवै टिम फाइनलमा प्रवेश गरेका छन् । डिपो महिला टिमले पदम मेमोरियललाई र पुरुष तर्फ जेम स्कुललाई हराउदै फाइनल प्रवेश गरेका हुन ।
सोहि दिन भएको सेमिफाइनल खेलमा आइडियलले महिला तर्फ कार्मेल स्कुललाई र कार्मेलले नवज्योतिलाई हराउदै फाइनलको वाटो तय गरेको छ । फागुन ६ गते विहान हुने फाइनल खेलमा पुरुष तर्फ डिपोले कार्मेलसँग प्रतिस्पर्धा गर्ने छ भने महिला तर्फ डिपो र आइडियल स्कुल विच हुने आयोजकले जनाएको छ । विहिवार भएको सेमिफाइनल खेलमा डिपोका महिला टिमले पदम ममोेरियललाई ३–० को झिनो अन्तरले र आइडलले कार्मेल स्कुललाई ९–४ अंकले पराजित गर्दैै फाइनल प्रवेश गरेको हो । पुरुष तर्फ डिपोले जेम स्कुललाई २७–९ अंकले पछि पार्दै सहज जित निकाले । कार्मेलले नवज्योतिलाई २६–१४ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरका छन ।
महिला तर्फको खेलमा डिपो र पदम स्कुलले प्रत्येक क्वाटरमा ०–०, २–०, ०–२, ०–० र १ –१ अंक जोडेका थिए । सो खेलमा निर्धारित समयमा वरावर अंक भए पछि थप समयमा डिपो स्कुलले १ अंक जोड्दै विजयी भएका थिए । त्यस्तै गरि आइडल र कार्मेल स्कुलले प्रत्येक क्वाटरमा २–०, ३–०, २–४ र २–० अंक जोडेका छन । पुरुष तर्फको खेलमा डिपो र जेम स्कुलले प्रत्येक क्वाटरमा ६–५, ११–०, १०–४ र ०–० अंक जोडेका थिए भने कार्मेल स्कुल र नवज्योति स्कुल विच भएको खेलमा दुवै टिमले प्रत्येक क्वाटरमा १०–२, ३–४, ९–३ र ३–५ अंक जोडेका थिए । खेलमा डिपो स्कुलका वैभव योगिले १२ अंक र कार्मेल स्कुलका आकास राईले व्यक्तिगत ६ अंक जोडेका छन । शुक्रवार तेस्रो उपाधिका लागि महिलाहतर्फ पदम मेमोरियलले कार्मेल स्कुल संग र पुरुष तर्फ जेम स्कुलले नवज्योति स्कुल संग प्रतिस्पर्धा गर्नेे जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।
तस्विरः विकास चाम्लिङ राई