धरान  / काकडभिट्टाबाट यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउने शुभकामनासहित विदाइ गरिएको चालक श्यामबहादुर गुरूङले २९ घण्टा यात्रापछि साँझ ४२ यात्रुलाई सुरक्षित रूपमा महेन्द्रनगर पुर्याउनु भएको छ ।  

बुधबार दिउसो १२ बजे काकडभिट्टाबाट यात्रु लिएर हिडेको चालक गुरूङ बिहीबार साँझ ५ बजे महेन्द्रनगर पुगे पछि त्यहाँ नेपाल यातायात स्वतनत्रमजदुर संगठनले स्वागत गरेको छ ।  संगठनका केन्द्रीय सदस्य शंकरदत्त जोशीले महेन्द्रनगरमा स्वागत गर्नु भएको हो । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले काकडभिट्टाबाट  विदाइ गर्नुभएको थियो । यात्रुहरुलाई सुरक्षित तवरले गन्तव्यमा पुर्याउन संगठनले चालकलाई उत्साह जगाउन सम्मानको अभियान चलाएको छ ।