काकडभिट्टा  / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सुरक्षित यात्राका सारथि चालकहरुलाई सम्मान गरेको छ । चाड पर्वका बेला सवारीमा भिडभाड हुने भएकाले चालकहरुलाई यात्रुहरुको सुरक्षित यात्राका लागि संगठनले अभियान चलाएको छ । 

बुधबार झापाको कांकरभिट्टाबाट झापाबाट धनगढी जाने, काठमाडौं जाने सार्वजनिक सवारीका चालकहरुलाई यात्रुहरुलाई सुरक्षित पुर्याउन अनुरोध गदैं उहाँहरुलाई फुलमाला। खाता लगाएर चालकहरूलाई शुभयात्रा भन्दें विदाई गरिएको छ । 

कार्यक्रममा काकडभिट्टादेखि महेन्द्रनगर रूटका चालक श्यामबहादुर गुरूङ, काठमाडौं रूटका चालक सचिन महत, बुटवल रूटका हरेराम खड्कालगायत देशभरिका विभिन्न लामो तथा छोटो दुरीका ४५ जना चालकहरूलाई माला, नेपाली ढाकाटोपी, टिका लगायर सुरक्षित यात्राका लागि विदाइ गरिएको मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिनु भयो । 

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेची नगर कमिटीको संयोजनमा भएको थियो , चालकलाई शुभ यात्रा भन्न मेचीनगरका नगरपालिकाकामेयर गोलपाल बुढाथोकी, इलाका प्रहरी कार्यालय का.करभिट्टाका डिएसपी दिपक भारतीलगायतको उपस्थिति रहेको थियो । 

संगठनले मजदुरहरुको समस्या सुनुवाई गर्न, उनीहरुको विषयमा जानकारी लिन देशभरी कर्मथलो अभियान चलाएको छ । सोही अभियान अन्तर्गत संगठनले चालकहरुलाई सम्मान गरेको हो । 

chalak