विराटनगर  । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सांसद केदार कार्की नियुक्त हुनु भएकाे छ । 

प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गर्नु भएकाे हाे । 

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेश गरेका थिए ।  कांग्रेसले माआेवालीलाई समर्थन गरे पछि कार्कीले विद्राेह गरेर एमालेकाे साथमा मुख्यमन्त्रीकाे दावी गर्नु भएकाे थियाे ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएकाे हाे ।  

प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।