धरान   / एन प्याव्सन धरान उपमहानगर कमिटीको आयोजनामा भएको नगर स्तरिय अन्तरविद्यालय हस्तलिखित प्रतियोगिता(हेण्डराइटिङ कम्पिटिसन) आइडियल  इङ्लिस बोर्डिङ स्कूलबाट विजयी विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ । 

विहीबार अभिभावकको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरि विजयी विद्यार्थीहरुलाई सम्मान गरेको हो । बुधबार सम्पन्न  प्रतियोगितामा आधारभूत तहबाट धरान १४ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कूलकी कक्षा ८ की अप्सना राई प्रथम हुनु भएको छ । 


कक्षा १ देखि कक्षा ५, कक्षा ६ देखि कक्षा ८ र कक्षा ९ देखि १० सम्म तीन तहको प्रतियोगिता गराइएको थियो । माध्यामिक तहबाट आइडियल स्कुलकी कक्षा ९ मा अध्ययनरत जरिना मगर दोश्रो हुनु भएको छ ।  जुनियर तहबाट आइडियल स्कूलकी कक्षा ५ मा अध्यनरत लिनिमा राई सान्तोना हुनु भएको छ । 

विद्यालयका निर्देशक सागर खडकाले मेडल प्रमाण पत्रसहित विजयी विद्यार्थीहरुलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक मनोज गुरुङ, विद्यालय संयोजक कमल राना, शिक्षक नवराज दाहाललगायत शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुका अभिभावकहरुको सहमेत उपस्थिति रहेको थियो । 

प्रतियोगितामा धरान उपमहानगर भरीका ३६ वटा विद्यालयहरुले सहभागति जनाएका थिए । आइडियल स्कूलले अतिरिक्त क्रियाकलापमा अब्वल क्षमता प्रर्दशन गदैं आएको छ । यस अघि १४ नं. वडाले आयोजना गरेको व्यक्तित्वकला प्रतियोगितामा आइडियल स्कूलको कक्षा ९ मा अध्ययनरत प्रिया बोहोरा प्रथम हुनु भएको थियो ।