धरान  / एन प्याव्सन धरान उपमहानगर कमिटीको आयोजनामा नगर स्तरिय हस्तलिखित प्रतियोगिता(हेण्डराइटिङ कम्पिटिसन) धरानको मेघा हिमालयन कलेजमा सम्पन्न गरेको छ । 

बुधबार सम्पनन  प्रतियोगितामा आधारभूत तहबाट धरान १४ स्थित आइडियल इङ्लिस बोर्डिङ स्कूलकी कक्षा ८ की अप्सना राई प्रथम हुनु भएको छ । यस्तै युरेका स्कूलका इशान क्षेत्री दोश्रो र इम्यानुयल स्कूलका पेमा तामाङ तेश्रो हुनु भएको छ । 

कक्षा १ देखि कक्षा ५, कक्षा ६ देखि कक्षा ८ र कक्षा ९ देखि १० सम्म तीन तहको प्रतियोगिता गराइएको आयोजकले जनाएको छ । जुनियर तहबाट जोल सया स्कुलकी अनुजा राई प्रथम,  जेनिथ स्कूलकी अलविना राई दोश्रो र सुनाखरी स्कुलका शिर्ष तामाङ तेश्रो हुनु भएको छ । आइडियल स्कूलकी लिनिमा राई सान्ताेना हुनु भएकाे छ । यता माध्यामिक तहबाट ज्ञानकुञ्ज स्कुलकी दीक्षा राई प्रथम, आइडियल स्कुलकी जरिना मगर दोश्रो र विद्याभूषण स्कुलकी नामफुङ  लिम्बु तेश्रो हुनु भएको छ । 

प्रतियोगितामा धरान उपमहानगर भरीका ३६ वटा विद्यालयहरुले सहभागति जनाएका थिए । एन प्याव्सन नगर अध्यक्ष भगत लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एन प्याव्सन केन्द्रीय सचिव राजेन्द्र गुरुङले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने सहभागीहरुलाई सम्पान गर्नु भएको थियो । सागर खड्काले संचालन गरेको कार्यक्रममा एन प्याव्सन सुनसरीका उपाध्यक्ष आलोक श्रेष्ठ, कोषाध्यक्ष प्रवास राजवंशी, नगर उपाध्यक्ष विष्णु प्रधान, कोषध्यक्ष बसन्तम्बुले गर्नु भएको थियो । विद्यार्थीको हसतलिखित कला प्रर्दशनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।