धरान । धरान –१४ स्थित विजयपुरमा रहेको आइडियल इङ्लिस बोर्डिङ स्कुलले आज आइडियल स्काउट दिक्षान्त समारोह गरेको छ । 

११ वर्षदेखि माथिका व्बाइज र गर्लस्सहित जम्मा ४० जना विद्यार्थीलाई दिक्षित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी धरान वडा नम्बर १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले कार्यक्रममा दीक्षित गर्नु भएको हो । 

384534557_835050771410532_1281390584911194030_n

त्यसैगरि कार्यक्रममा प्रमुख अतिथी कृष्णप्रसाद भट्टराईले आफु स्वयम पनि स्काउट खेलाडी भएकाले स्वास्थ्य,अनुशासित भई अघि वढ्न दीक्षित विद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । 

कार्यक्रमका विशिष्ठ अतिथि नेपाल स्काउट सदस्यता वृद्धि कोशी प्रदेश संयोजक हेमन्त भण्डारीले प्रदेशभरी स्काटउको संख्या वढ्दो रहेको वताउनु भएको छ । उहाँले सन २०३२ सम्ममा ७ लाख सदस्यता सङ्ख्या पुर्याउने लक्ष्य अनुरुप अघि वढेको वताउनु भएको छ । 

कार्यक्रममा नेपाल स्काउट धरानका संयाेजक अनुप याेन्जन, स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक सुशील राईलगायतकाे उपस्थिति रहेकाे थियाे ।

आ्इडियल इंग्लिस बोर्डिंग स्कुल धरान १४ का डाइरेक्टर तथा दीक्षित कार्यक्रमका सभापति सागर खड्काले स्कुलमा पहिलो व्याजका विद्यार्थीलाई दिक्षित गर्न पाउँदा खुशी लागेको वताउनु भयो ।

उहाँले भन्नु भयो, ‘विद्यार्थीका लागि हरेक हिसावमा स्कुलले अघि वढाउने कोशिस गर्दै आएको छ, स्काउटको आवश्यकतालाई मध्यनजर गर्दै स्कुलले स्काउट कोर्ष पनि शुरु गरेको हो ।’  आइडलमा आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरु स्काउटमा आवद्ध भएर  विभिन्न सामाजिक तथा  विपदका काममा  क्रियाशिल रहेका छन् ।