धरान / आहा–रारा उचालेको ठिक ७ दिनपछि नेपाल पुलिस क्लव र थ्रिस्टार क्लव २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि होडमा छन् । थ्रिस्टार आहा–रारामा भोगेको पराजयलाई उल्टाउन मैदानमा उत्रिदा पुलिस त्यही शाखलाई जोगाउने रणनीतिमा छ । दाङमा सम्पन्न राखेप च्याम्पियनसीप र १६ औैं आहा–रारा गोल्डकप विजेता पुलिसको लागि यो फाइनल निक्कै कठिन हुने छ । माघ २० गते आहा–रारा उचालेको पुलिसले माघ २७ गते मैदानमा उही प्रतिद्धन्द्धी पाएको छ ।
एकातिर राष्ट्रिय खेलाडीले भरिभराउ थ्रिस्टार र अर्कोतिर युवा खेलाडीले भरिभराउ पुलिस २० औं बुढासुब्बा गोल्डकप उचाल्ने हैसियत राख्छन् । डेढ वर्ष मैदान नउत्रिएर पनि थ्रिस्टारले सर्वाधिक राषीको मदन भण्डारी गोल्डकप उचालिसकेको छ । सिजनको मध्यतिरबाट खप्तड गोल्डकपबाट पुनरागमन गरेको थ्रिस्टारले बुढासुब्बा आइपुग्दा चारवटा गोल्डकपमा उपस्थिति जनाइसकेको छ । जहाँ एक उपाधि र एक उपविजेतामा चित्त बुझाएको छ । बुढासुब्बामा चारपटक विजेता थ्रिस्टार मदन भण्डारी स्मृति इटहरी गोल्डकप उचालेर आफ्नो पुरानो विरासत कायम राख्यो ।
आहा–रारामा पुलिससँग १–० ले स्तब्ध बनेको थ्रिस्टार त्यो हारको पीडालाई कम गर्न चाहान्छ । ‘धनगढीमा गरेका गल्ती इटहरीमा सुधा¥यौं, आहा–रारामा गरेको गल्ती यहाँ सुर्धाने छौं ।’ थ्रिस्टारका टिम प्रशिक्षक रविन्द्र सिलाकार भन्छन्, ‘आहा–रारामा गरेको गल्ती यहाँ दोहो¥याृउृन चाहान्नौं ।’
पुलिस पनि यो सिजनमा तीनवटा गोल्डकपमा उपस्थिति जनाउँदा दुईवटामा उपाधि चुमिसकेको छ । बुढासुब्बा जिते यो सिजनमा उसले ह्याट्रिक गर्ने छ । बुढासुब्बामा भने दोहोरो ह्याट्रिक हुँने छ । ‘गेम हो भन्न सकिदैन ।’ पुलिसका कप्तान हेम तामाङ भन्छन् । आहा–रारामा अतिरिक्त समयमा राम वाजी चम्किदा थ्रिस्टार उपविजेतामा सिमित बनेको थियो । परिवर्तित खेलाडी वाजी टिम सेटिङमा भने छैनन् ।
थ्रिस्टारसँग खेल्दै आइरहेकाले पनि दुबै टिम एकअर्कासँग परिचित छन् । पुलिसका व्यवस्थापक ज्योतिकमल गुरुङका अनुसार आफ्ना खेलाडीहरु ‘योङ, इनरजेटिक’ रहेकाले खेल जित्नेमा आशावादी भएको बताए । ‘ओभरअल सबै राम्रो छ । केटाहरु योङ, इनरजेटिक छ ।’ शुक्रबारको प्रि–म्याच कन्फ्रेन्समा गुरुङले भने । पुलिस ४–२–१–३ को फर्मेशनमा मैदानमा उत्रिदै छ । जहाँ अजित भण्डारी, बुद्ध लामा, सन्तोष हेमरुङ, दिेनेश राजवंशी रक्षापंक्तिमा देखिने छन् भने हेम तामाङ, युवराज राई र तेज तामाङ मिडफिल्ड सम्हाल्दैछन् । त्यस्तै रेजिन सुब्बा, सुमन लामा र रवी पासवान फरवर्ड लाइनमा देखिदै छन् ।
थ्रिस्टारसँग बिक्रम लामा, एलन न्यौपाने, रेजिन धिमाल, अनन्त तामाङ, सुनिल बल र पूर्व राष्ट्रिय खेलाडी विजय धिमाल छन् । टिम फर्मेसन ४–४–२ को छ । यो फर्मेशनमा को कताबाट खेल्ने भन्ने निश्चित नभएको टिम प्रशिक्षक सिलाकार बताउँछन् । ‘धेरै खेलाडीहरु इन्जुर रहेकाले को कताबाट खेल्ने भन्ने फिक्स भएको छैन् ।’ उनले भने । थ्रिस्टारसँग चारजना विदेशी खेलाडी छन् । थ्रिस्टारमा बिमल घर्ती मगरको अभाव खट्एिको छ । मोहन बगानमा आवद्ध भएसँगै विमलको स्थानमा अर्को खेलाडीको अभाव भएको कप्तान बिक्रम लामा बताउँछन् । ‘बिमलको अभाव खड्किएको छ । फिनिसिङमा समस्या भइरहेको छ ।’ उनले भने ।
यो अभाव पाहुँना टोली दुर्गापुर स्टीलसँगको सेमिफाइलन खेलमा प्रष्ट देखिएको थियो । थ्रिस्टारले पाँचौं पटक बुढासुब्बा जित्ने रणनीति लिएको छ । थ्रिस्टारले ७ औं, ९ औं, ११ औं र १४ औं बुढासुब्बा जितेको छ । ऊ २० औं बुढासुब्बा जित्ने रणनीतिमा मैदान उत्रिदा पाँचपटकको विजेता पुलिस ‘स्कोरर’ गर्न खोज्दै छ । पुलिसले दोस्रो, चौथो, पाँचौं, दशौं, उन्नाइसौं बुढासुब्बाको उपाधि जितेको छ । यसकारण पनि उ बुढासुब्बालाई निरन्तरता दिन चाहान्छ । ‘थ्रिस्टारसँग टफ खेल हुन्छ । ५०–५० नै हुन्छ ।’ मेनेजर गुरुङ भन्छन् । ब्लाष्ट दैनिकबाट