धरान ।बंगुरजोनको क्षेत्र  धरानमा   बंगुरको उत्पादन घटेपछि मासु व्यवसायीहरुले धमाधम मासु पसल बन्द गर्न थालेका छन् ।मासुको माग वढ्दो तर बंगुर पाइन छाडेपछि धरानका पसलहरु वन्द हुन थालेको व्यवसायीहरुले बताएका छन् ।दैनिक कालो बंगुरको माग बढ्दो छ तर बंगुरपालकले बंगुर पाल्न छोडेपछि धरानको मागलाई पुरा गर्न धरान बाहिरका जिल्लाबाट बंगुर खपत गर्न बाध्य भएको व्यावसायीहरुले बताएका छन् । 

धरान मासु व्यवसायी संघका अध्यक्ष मदन कुमार तामाङका अनुसार दुई वर्ष यता जब अफ्रिकन स्वाइन् फ्लुका कारण बँगुरपालकले पाल्ने बँगुर भटाभट मर्न थालेपछि धरानमा बँगुर उत्पादन हुन छाडेको हो । उहाँका अनुसार दैनिक कालो बंगुरको माग वढ्दो रहेको छ तर मागलाई धान्न सक्ने अवस्था नभएको वताइएको छ । 

दैनिक जसो धरानमा ५ हजार केजी बंगुरको मासु खपत हुन्छ तर मासुको अभाव हुन थालेपछि धरानका मासु व्यवसायहरुको पसल धमाधम बन्द हुन  थालेको वताइएको छ । धरानको हरेक वडामा बंगुरपालकहरुले बंगुर पाल्न छोडेको छन् । विभिन्न रोगको संक्रमण भई किनेर पालेको बंगुरको पाठा पटक पटक मर्न थालेपछि किसान निरास भई बंगुर पाल्न छाडेका हुन् । धरानलाई बंगु्रजोन क्षेत्र पनि भनिएको छ । प्रधानमन्त्री कृषी परियोजना अन्र्तगत बंगुरजोन क्षेत्र वनाउने सरकारको लक्ष्य रहेको छ । 

संघका अध्यक्ष तामाङका अनुसार मासुको माग वढेको छ  तर बंगुर पाइन छाडेपछि व्यवसायीहरुले पसल वन्द गर्न थालेका छन् । व्यवसायीहरुले पुर्वी पहाडी जिल्ला धनकुटा,तेह्रथुम , संखुवासभा लगायत तराईका जिल्लामा पुगेर बंगुर ल्याउनु पर्ने भएकाले महंगो पनि धरानमा बंगुरको मासुको व्यवसाय गर्न समस्या भएको व्यवसायीहरुले वताएका छन् ।   

धरानको कालो बङ्गुरको मासु धरानमा मात्र नभइ बेलायत, सिंहापुर, हङकङ, अमेरिका, थाइल्याण्ड, दार्जेलिङ, सिक्किम, सिलगुडि, लगायतका अन्र्तराष्ट्रय सहरमा समेत चर्चित छ।

फायल तस्वीर