धरान  / सुनसरी जिल्ला प्रशासनले धरान उपमहानगर क्षेत्रमा निषेधाज्ञा जारी भए पछि शनिवार बिहानैदेखि धरानका चारै नाकामा सुरक्षामा कडाई गरिएको छ । हिजो शुक्रवार राती १२ बजे देखी लागु भएको कर्फ्यु अवधि आज शनिवार राती १२ बजेसम्म धरानमा समुह बनाएर प्रवेश गर्न रोक लगाइएको छ । 

निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने  नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनुभएको छ । 

धरान प्रवेश गर्ने पश्चिम क्षेत्रको चतरा, पूर्वको पानवारी, उत्तरको भेडेटार र दक्षिणको तराहरा क्षेत्रमा व्यापक प्रहरी परिचालन गरि चेकजाँच कडाई गरिएको प्रहरीले जनाएको छ । 

तोकिएका नाकाहरूमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गर्ने बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले चेतावनी दिएको छ ।

पछिल्लो समय केही अराजक व्यक्तिहरुले सामाजिक सञ्जालमा सामाजिक द्वष खलबलाउने गरि प्रस्तुत भए पछि समस्या भएको थियो । आज हिन्दुधर्म समर्थकहरुले कार्यक्रम गर्ने र त्यसको अर्को समुहले प्रतिकार गर्ने भन्ने सन्देशलाई प्रचार गरेर धरानको सामाजिक सदेभाव भाड्न खोजिए पछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

police1