धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञा जारी गरेको छ ।

आज राती १२ बजे देखि भोली भदौ ९ गते राती १२ बजे सम्मको लागि निशेषाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमाकान्ता द्धारा जारी विज्ञप्तीमा  जनाइएको छ ।

विज्ञप्तीमा धरानको सुरक्षालाई लक्षित गर्दै २४ घण्टे निशेधादेश जारी गरिएको जनाइएको छ ।जिल्ला प्रशासन सुनसरीले सार्वजनिक सूचना जारी गर्दै धरान प्रवेश गर्ने चारवटा नाकालाई सिमांकन गर्दै निशेधादेश जारी गरिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले आज आदेश जारी गर्दै स्थानिय प्रशासन ऐन २०२८ को दफा  ६को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरेको हो ।

धरानमा पछिल्लो समय धार्मिक तथा सास्कृतीक विवाद चर्किदै गएपछि धरानको शान्ति सुरक्षाको अबस्था गम्भिर बन्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । पहिचानबादीहरुले सार्वजनिक रुपमा गोरु भोज गरेपछि हिन्दु धर्म सम्बद्ध पक्षले भोली ९ गते धरानमा कार्यक्रम राखेको थियो ।

धरानमा गौ रक्षाका लागि हुने कार्यक्रममा धरान बाहिरबाट समेत सहभागि हुने र धरानमा मुडभेटको अबस्था आउन सक्ने भएपछि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।प्रशासन कार्यालयले धरानका भित्र हिडडुल गर्न परे स्थानिय प्रशासनको स्वीकृती लिनु पर्ने भन्दै धरान प्रबेश गर्ने चार वटै नाका शिल गरेको छ ।

चतराबाट धरान आउने झण्डा चौक,नहडा,पानीपिया तथा भेडेटार क्षेत्रबाट आजराती १२ बजे देखि धरान प्रबेश गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ