धरान । धरान । धरान –१४ स्थित आइडल इंग्लिस बोर्डिङ स्कुलका शिक्षक, कर्मचारी, विद्यार्थीहरुले खाजा खर्च बापतको रकम डेङ्गु संक्रमितको उपचारको निम्ति १४ नंं.  वडा कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । 

शुक्रबार स्कुलमा नै वडा कार्यालयका वडाध्यक्षसहितको उपस्थितीमा उक्त औषधीसहित स्वास्थ्य सामाग्री वडालाई हस्तान्तरण गरिएको हो । 

स्कुल प्रांगणमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै विद्यालय निर्देशक सागर खड्काले डेङ्गुको महामारीले जनजीवन  संकटग्रस्त भएको भनेर आफुहरुले पाउने सेवा  सुविधा र विद्यार्थीले खाजा खर्च वापतको रकमबाट वडालाई स्वास्थ्य सामाग्री प्रदान  गरिएको बताउनु भएको छ । 

उहाँले भन्नु भयो,  ‘वडावासी डेङ्गुले ग्रस्त अवस्थामा छन्, हाम्रो पनि सामाजिक उतरदायित्व हो, वडा र सरकारको मात्रै मुख ताकेर हुदैंन भनेर यो मानवीय सेवाको लागि ४० हजार बराबरको स्वास्थ्य सामाग्री वडालाई आज प्रदान गरिएको हो ।’

उक्त स्वास्थ्य सामाग्री वडाले संचालन गरेको डेङ्गु उपचार केन्द्रमा उपचार गर्न आउनु भएका विरामीका लागि प्रयोग हुने छ । धरान १४ नम्बर वडाले डेङ्गुका विरामीको लागि आधारभुत स्वास्थ्य केन्द्रमा दैनिक रुपमा दुइ दर्जनभन्दा वढीलार्इ उपचार गराउँदै आएको छ । धरानमा सबै भन्दा पहिले वडाले विरामीको लागि स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

स्कुलले स्वास्थ्य सामाग्री उपलव्ध गराएर मानवीय परोपकारको भावना र स्वास्थ्य रक्षाको निम्ति सहयोग गरेकोप्रति आभार व्यक्त गर्दै वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले धरान उपमहानगरपालिकाले उपलव्ध गराएको भन्दा अहिले सम्मकै ठूलो परिणाममा सहयोग भएको वताउनु भएको छ । 

उहाँले भन्नु भयो, ‘यसरी भएको सहयोग अहिले सम्मकै ठूलो परिणामको सहयोग हो, जस्ले गर्दा अहिलेको अवस्था ठूलो सहयोग भएको छ । आफ्नो सुविधा र विद्यार्थीको खाचा खर्च कटाएर वडाका विरामीका लागि विद्यलायले योगदान गरेको भन्दैं वडाध्यक्ष भटटराईले  आभार व्यक्त गर्नु भएको छ ।