धरान  / देश र जनताको सुरक्षामा अनवरत अग्रसर सेनाले राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको  आयोजना गदैं आएको छ ।

कक्षा ८देखि कक्षा १२ सम्मका विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न तालिमको आयोजना गदैं आएको हो । 

रािष्ट्रय  सेवा दल ऐन २०२७ अनुसार देश भरी तालिम दिदैं आएको हो । पूर्वका १६ विद्यालयहरु छनौटमा परेको राष्ट्रिय सेवा दल(एमसीसी) शिक्षालयका प्रमुख कर्नेल दिपक गुरुङले जानकारी  दिनु भयो । तालिममा धरानबाट आइडियल बोर्डिङ स्कुल छनौटमा परेको उहाँले जानकारी दिनु भयो । गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको कर्नेल गुरुङले जानकारी दिनु भयो । 

गत शुक्रबार आइडियल स्कुुलमा एनसीसी तालिमका विषयमा नेपाली सेनाले अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयका निर्देशक सागर खड्काको अध्यक्षता तथा प्रमुख सेनानी कर्नेल गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिमबारे अभिभावक विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।  कृष्ण दल गणका गणपति प्रमुुख सेनानी कर्नेल अमित लामाले एनसीसी तालिमबारे प्रस्तुतीकरण दिनु भएको थियो । 

ideal schoolविस २०२२ कात्तिक ७ गते स्थापना भएको सेवा दलले ५१ हजार ३३२ युवालाई अनुशासित, इमान्दार, जिम्मेवार तथा देशप्रति समर्पित सभ्य र सुसंस्कृत समाज निर्माणमा स्थापित गराउन जुनियर र सिनियर डिभिजन क्याडेट तालिम प्रदान गरिसकेको कार्यक्रममा जानकारी गराइएको थियो । 

युवालाई अनुशासित, मुलुक र मुलुकवासीप्रति बफादार बनाउने तथा राष्ट्रियता र राष्ट्रिय एकतालाई प्रवद्र्धन र नेतृत्व विकास गर्ने लक्ष्यका साथ सेवा दलको तालिम शुरु गरिएको हो। अतिरिक्त लक्ष्यमा नेपालमा मानवसिर्जित वा दैवी विपत्तिका बेला सङ्गठित भएर खोजी, उद्धार र राहत व्यवस्थापनमा सहयोग पुर्‍याउने सेवा दलको उद्देश्य छ।

प्रारम्भमा ५०० विद्यार्थीलाई तालिमको कोटा निर्धारण गरेको सेवा दलले हालसम्म ७७ वटै जिल्लाका ४३ हजार ७ सय भन्दा बढी युवाहरुलाई तालिम दिइ सकेको छ ।  हाल मुलुकका ७७ जिल्ला र २१३ विद्यालयमा कार्यक्रम विस्तार गरिसकेको सेवा दलले जनाएको छ।

तालिमबाट दीक्षित क्याडेटको ज्ञान, सीप, योग्यता र क्षमता अधिकतम उपयोग हुने गरी सेना र सरोकारवाला निकायको सम्पर्कमा रही क्षमताअनुरुपको भूमिकामा संलग्न हुँदै आएका छन्। ७९ दिन विद्यालय मै पुुगेर र २१ दिन सैनिक क्याम्पमा लगेर तालिम दिर्दै आएको छ । 

तालिमरत तथा पूर्वक्याडेटलाई एनसिसी अल्मुनाइ एशोसिएशन नेपालमार्फत सामाजिक विकृति, विसङ्गति र कुसंस्कारविरुद्ध सचेतना अभियान तथा विपद् व्यवस्थापन एवं राष्ट्रहितमा परिचालित हुने व्यवस्था मिलाइएको कृष्ण दल गणका सहसेनानी अशोक गुरुङले बताउनु भयो । 

सङ्कल्प कार्डकाे सन्देश

सेवा दलले आफ्नै व्यवस्थापन तथा अन्य स्रोत साधनको समेत समन्वय गरी राष्ट्रियता, देशभक्ति र राष्ट्र सेवामा समर्पित सचेत नागरिक तयार गर्न विभिन्न नारा र बुँदा समावेश गरी सङ्कल्प कार्ड वितरणको व्यवस्था मिलाएको छ।

उक्त कार्डमा ‘म मेरो मातृभूमि नेपाल आमालाई अत्यधिक माया गर्दछु’, ‘मेरो देश कसैको उपनिवेश हुन नपरेकामा मलाई गर्व छ’ तथा ‘मेरो राष्ट्रको एकता, अखण्डता र स्वाधीनता मलाई प्राणभन्दा प्यारो लाग्छ’ भन्नेलगायतका सन्देश समावेश गरिएको छ । 

राष्ट्रको धर्म, संस्कृति, रीतिरिवाज, पहिचान, सम्पदा, इतिहास, विभूति, वीरपुर्खालाई सहृदय सम्मान गर्ने, राष्ट्र र समाजमा गलत तथा खराब क्रियाकलाप हुन नदिन आफ्नोतर्फबाट सदा क्रियाशील रहने, ‘राम्रा मानिसलाई हाम्रा भन्नुपर्दछ, हाम्रा हुँदैमा राम्रा मान्न हुँदैन’ भन्ने ज्ञान सिकाउने तथा ‘लोभ, मोह, राग, द्वेष, डाह, ईष्र्या र अनावश्यक रिसजस्ता कुभावना मेरा शत्रु हुन्’ भन्ने कुरा पनि सङ्कल्प कार्डमार्फत युवामा सन्देश प्रवाह गर्न खोजिएको छ।

युवालाई लक्षित गरी बनाइएको सङ्कल्प कार्डमा ‘मेरा सबै क्रियाकलाप विधि र प्रक्रिया तथा प्रणाली र पद्धतिबमोजिम हुनुपर्दछ’, ‘मैले हासिल गरेको ज्ञान र सीप सधैँ राष्ट्र र राष्ट्रवासीको सेवामा समर्पित गर्नेछु’ र ‘म जुनसुकै पेशा, सेवा, कर्ममा लागे पनि आफ्नो काम, कर्तव्य र दायित्वलाई सर्वोपरी ठानी कार्यसम्पादन गर्नेछु’ भन्ने उल्लेख छ।

NCC1

५७  वर्षदेखि दूध र जेरी निरन्तरता

पहिलो समूहदेखि नै छात्राको प्रवेश रहेको तालिममा सहभागी प्रशिक्षार्थीलाई खुराकस्वरुप उपलब्ध गराइन शुुरु गरिएको एक पाउण्ड दूध र १०० ग्राम जेरी दिने चलनले हालसम्म पनि निरन्तता पाउँदै आएको छ। सेवा दलले तालिममा सहभागी छात्रछात्रालाई थप उत्प्रेरितरआकर्षित गदैं आएको छ । 

राष्ट्रमा विपत्ति हुँदा समर्पित भएर राष्ट्रिय हित र विपद् व्यवस्थापनलगायत सामाजिक कार्यमा समर्पित तालिमप्राप्त युवालाई सङ्गठित बनाई परिचालन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सेवा दलको पूर्व छात्रछात्रा सङ्घ ७७ वटै जिल्लामा गठन गरिएको बताइएको छ।

ideal school

धरानकाेआइडियल स्कुलबाट ३६ विद्यार्थीहरु दाेश्राे पटक सहभागी हुदैं 

विद्यालयका निर्देशक खड्काका अनुसार गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियलका विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरे पछि आफ्नो विद्यालय ४९ औं व्याचमा छनौटमा परेको उहाँले बताउनु भयो । असार १५ गते छनौट प्रक्रिया हुने र साउनदेखि तालिम शुरु हुने उहाँले बताउनु भयो । ७९ दिन विद्यालय मै तालिम हुने र २१ दिन व्यारेकमा तालिम हुने छ । सिनियर डिभिजनलाई शैन्य कौशल अन्तर्गत फाइरिङसम्मका सीप सिकाइने अभिमुखिकरण कार्यक्रममा कर्नेल अमित लामाले जानकारी दिनु भएको थियो ।

NCC